• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

प्रदर्शनको ५१ औँ दिन पारे गरेको ‘लाज शरणम्’ को कस्तो छ कमाइ ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ४, बिहीबार १४:१५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । ‘सक्कीगोनी’ टेलीसिरियलमार्फत लोकप्रिय हासिल गरेको टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ । गएको फागुन १४ मा प्रदर्शन भएको कुमार कट्टेल निर्देशित फिल्मले बिहीबार काठमाडौंका क्यूएफएक्स, आइएनआई चेनसहित एफक्युब, कीर्तिपुर, बीएसआर, रञ्जना, बिग, सीडीसीसहित दमक र बुटवलका हलमा ५१ औँ दिन पुरा गरेको हो।

    फिल्मले प्रदर्शनका हिसाबले ५१ औँ दिन पुरा गरेता पनि व्यावसायिक रुपमा सुखद परिणाम भने ल्याउन सकेको छैन । जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको यो फिल्म ५१ दिनसम्म देशब्यापी ४ करोड ५२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको तथ्यांक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा उल्लेख छ ।

    ‘लाज शरणम्’ भन्दा दुई सातापछि फागुन २९ मा प्रदर्शन भएको ‘अञ्जिला’ ले यसको भन्दा दोब्बर व्यापार गरिसकेको छ । त्यसकारण फिल्म ‘लाज शरणम्’ ले प्रदर्शनको ५१ औँ दिन पार गर्ने बाहेकको अन्य उपलब्धी भने प्राप्त गर्न सकेको छैन ।

    सीताराम कट्टेलले अभिनयमा पुनरागमन गरेको यो फिल्मले सुन तस्करीको जालोदेखि समसामयिक राजनीतिक प्रवृत्तिलाई ब्यंग्य गरेको छ । यद्यपि टेलीरिरियल पाएको लोकप्रियताले दर्शकलाई हलसम्म भने आकर्षित गर्नसकेन । फलत सुरुआती व्यापार आक्रामक भएता पनि विस्तारै हलमा अकुपेन्सी घट्दै गयो । फिल्ममा सीतारामसहित महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, रेणु योगी, अर्पण थापा लगायतको अभिनय छ ।

    Post Views: 242
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Laaj Sharnam
    प्रकाशित मिति: २०८२ बैशाख ४, बिहीबार १४:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.