• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Bipin Karki saugat malla Dinesh Dc Miruna Magar Rajesh Hamal Kala Saili Gallery Film Development Board Nepal

‘व्युटिसियन ट्यालेन्ट नेपाल २०२५’ बनिन् सुमित्रा

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ४, बिहीबार ००:४५ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । ‘व्युटिसियन ट्यालेन्ट नेपाल २०२५’ को उपाधि विराटनगरकी व्युटिसियन सुमित्रा खवासले चुमेकी छिन् । बिहीबार अबेर साँझ ललितपुरको च्यासलस्थित ज्यापु एकेडेमी भवनमा सम्पन्न सातौँ संस्करणको यो प्रतियोगितामा शीर्ष उपाधिसहित सुमित्राले २५ हजार रुपैयाँ र विभिन्न पुरस्कार समेत प्राप्त गरेकी छिन् । उनले भिवर्स च्वाईस र इन्टेलिजेन्ट व्युटिसियनको अवार्ड पनि चुमिन् ।

    ‘व्युटिसियन ट्यालेन्ट नेपाल २०२५’ लागि २२ जना चयन भएको विभिन्न चरणको प्रतिस्पर्धापछि फाइनल राउन्डको लागि १५ जना चयन भएका थिए । उनीहरू बिचको प्रतिस्पर्धामा धादिङकी व्युटिसियन सुजिता अधिकारीले १५ हजार रुपैयाँसहित फस्ट रनर अपको उपाधि र विभिन्न उपहार जितिन् । उनले ट्यालेन्ट व्युटिसियन अवार्ड पनि हासिल गरिन् । १० हजार रुपैयाँसहित सेकेन्ड रनर अपको उपाधि धरानकी ब्युटिसियन स्मृति सुब्बाले प्राप्त गरिन् । स्मृतिले वेस्ट ड्रेस र वेस्ट क्याटवाकको उपाधि पनि हासिल गरिन् ।

    रोज व्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.द्धारा आयोजित ‘व्युटिसियन ट्यालेन्ट नेपाल २०२५’मा थर्ड रनरअपसहित वेस्ट मेकअव अवार्ड रचना बज्राचार्यले, पब्लिक च्वाईस र मष्ट व्युटिफुल अवार्ड रविना ठकुरीले म्यानेजमेन्ट च्वाईससहित वेस्ट नेलआर्ट अवार्ड रोशनी पुजारीले हासिल गरे ।

    सो प्रतिस्पर्धामा मष्ट डिसिप्लेन अवार्ड निशा रजकले, वेस्ट मेहन्दी आर्ट अवार्ड स्नेहा चौधरीले, मष्ट फोटोजेनिक अवार्ड दुर्गा सुवेदीले, वेस्ट फिगर अवार्ड सुजिता दयालले, वेस्ट आई अवार्ड सपना रसाइलीले, वेस्ट हेयर स्टाईलिष्ट अवार्ड अञ्जली चौधरीले, मष्ट स्मार्ट अवार्ड रेशु आचार्यले, मष्ट इन्नोसेन्ट अवार्ड मनसरा राईले र हेल्दी हेयर अवार्ड निर्मला पौडेलले प्राप्त गरे ।

    Post Views: 53
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    प्रकाशित मिति: २०८२ बैशाख ४, बिहीबार ००:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Advertisement
    ताजा अपडेट
    • १. ‘ऊनको स्वीटर’ : ९ दिनमा ५ करोड २० लाख ग्रस व्यापार

    • २. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    • ३. सहकारी ठगीको मार्मिक कथामा ‘महाभोज’

    • ४. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    • ५. ‘फाइनल डेस्टिनेसन: ब्लडलाइन्स’ : मर्नकै निमित्त जन्म !

    चर्चित
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. बोर्डमा सदस्य बने विरेन्द्र

    • ४. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ५. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.