• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘इसा’ मा नेपालको प्रतिनिधित्व गर्दै गीतकार अधिकारी

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख ३, बुधबार २३:५४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । गीतकार लोकराज अधिकारी ‘इन्टरनेशनल सिङ्गर सङ राइटर्स एसोसिएसन (इसा)’ ले हरेक वर्ष संयुक्तराज्य अमेरिकामा आयोजना गर्ने ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’ को सातौँ संस्करणको दुई विधामा मनोनयनमा परेका छन् । गएको अप्रिल २ मा सार्वजनिक गरिएको मनोनयनमा नेपालबाट गीतकार अधिकारी ‘जिन्दगानी के छ र’ बोलको गीतबाट ‘वर्ष गीतकार पुरुष’ र ‘म्युजिक भिडिओ अफ द इयर’ गरी दुई विधामा मनोनयनमा पर्न सफल भएका हुन् । यो मनोनयन आफ्नो मात्र नभई नेपालकै प्रतिनिधित्व भएको गीतकार अधिकारीले बताए ।

    ‘म नेपालबाट एक्लो मनोनयनमा परेको छु, त्यसकारण मैले देशकै प्रतिनिधित्व गरेको महसुस भएको छ । उक्त अवार्डको सार्वजनिक मनोनयनमा अन्य देशसँगै नेपालको झण्डा देख्दा आफूले केही गरेको जस्तो महसुस भएको छ’, उनले भने ।

    गीतकार अधिकारी लगातार दोस्रो वर्ष नेपालबाट मनोनयनमा परेका हुन् । अमेरिकाको २१ विधा र अन्तरार्ष्ट्रिय २१ विधा अन्तर्गत प्रतिस्पर्धा हुने अवार्डमा उनले गीतकार विधामा उहाँसँगै ६१ जना र ‘म्युजिक भिडिओ अफ द इयर’ तर्फ ३६ जना प्रतिस्पर्धा गर्दैछन् । गीतकार अधिकारीले गत २ अप्रिलदेखि नै ‘इलेकट्रोनिक भोटिङ’ खुला भएको र ३० अप्रिलसम्म भोट गर्न पाइने बताए ।

    गीतकार अधिकारीले एउटा ‘डिभाइस’ बाट दैनिक एक पटक भोट गर्न सकिने जानकारी दिदै मत दिन आग्रह गरेका छन् । उनी मनोनयनमा परेको गीत ‘जिन्दगानी के छ र’ मा सिडी अधिकारीले सङ्गीत र स्वर रहेको छ भने यसको ‘म्युजिक भिडिओ’ लाई वविता श्रेष्ठले निर्देशन गरेकी हुन् ।

    आगामी भदौ ८ गते अमेरिकास्थित एटलान्टामा सम्पन्न हुने उक्त अवार्डमा ‘इसा’ का सदस्य गीतकार मात्र प्रतिस्पर्धामा भाग लिन पाउँछन् । गीतकार अधिकारी उक्त संस्थामा तीन वर्ष अगाडि सन् २०२२ मा सदस्य बनेका थिए । गीतकार अधिकारीले रचना गरेका ‘तिमीले पराई ठाने पछि’, ‘रुपै मोहनी’, ‘बाजा बजाउँदै’, ‘मर्छु बरु छट्पटीमा’ लगायतका गीत लोकप्रिय छन् ।

    Post Views: 280
    • ISSA Award
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Lok Raj Adhikari
    प्रकाशित मिति: २०८२ बैशाख ३, बुधबार २३:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.