• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

प्रकाशकीय : ‘हामी चामल नै बेच्नेछौं’

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १, सोमबार ११:०७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । बजार भन्छ, बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । आजको सूचना प्रविधिको जमानामा त यो उक्ति अझै व्यवहारसम्मत देखिन्छ । जसले बढी हल्ला मच्चाउन सक्यो, अफवाह फैलाउन सक्यो वा मिडिया ट्रायल गर्न सक्यो उसैको बोलबाला हुने अवस्था छ । गुण वा दोषका आधारमा परख गर्ने परिपाटी कमजोर हुँदै गईरहेको देखिन्छ । त्यसैले त भनिन्छ नी, नाम होस्, बदनाम होस् तर गुमनाम नहोस् ।

    वर्ष २०८१ फिल्म क्षेत्रका लागि धेरै अर्थमा स्वर्णिम रह्यो । संख्यात्मक हिसाबले हेर्दा नेपाली फिल्मको निर्माण सन्तोषजनक रहे पनि गुणस्तर र बजारका हिसाबले आधा शताब्दी भन्दा बढि समयको इतिहास बोकेको नेपाली फिल्म क्षेत्र अझै बामे सर्न सकिरहेको छैन । तर २०८१ ले फिल्म बजारको आयतनलाई फैलाउन सफल रह्यो, नयाँ दर्शकहरु थपिएका छन् । अब खाँचो हो त केवल गुणस्तरीय र सृजनशील नेपाली फिल्म निर्माणको । र, खाँचो छ, त्यस्ता फिल्मलाई दर्शकमाझ पु¥याउन र बिकाउन सही पत्रकारीताको । जसले कलात्मक र सृजनशील फिल्म हेर्न र परख गर्नका लागि दर्शकको फिल्म साक्षरता बढाओस् ।

    हामी पत्रकारिता मार्फत चामलको पैरवी गर्नेछौं । बिक्रेताले नबोल्दैमा बजारमा भएको चामलको महत्व नबुझेर उपभोक्ता पीठोमा अड्किनु हुँदैन । हामी कलाशैली डटकममार्फत असल फिल्मको पैरवी मात्र गर्नेछैनौं, तिनलाई दर्शकसमक्ष सही ढंगले पु¥याउन हाम्रा समाचार र विचारजन्य सामाग्री बोल्नेछन् । हामी फिल्म क्षेत्रको समृद्धिका खातिर गुणस्तरीय फिल्म, मिहिनेती सर्जक, क्षमतावान कलाकार तथा फिल्म क्षेत्रप्रति लगनशिल र कटिबद्ध प्राविधिकको पक्षमा वकालत गर्नेछौं ।

    सञ्चारमाध्यमको व्यवसायिक निरन्तरताका लागि पूँजीले ठूलो अर्थ राख्छ । यसका लागि विज्ञापन सामाग्री बलियो आधार हो । तर हामी विज्ञापनलाई पत्रकारितासँग लेनदेन हुन दिनेछैनौं । हामी हाम्रा विज्ञापनदाता, फिल्मकर्मी वा निर्मातालाई पनि तपाईले उपलब्ध गराएका विज्ञापनको आधारमा समाचारजन्य सामाग्रीमा अनावश्यक लोभ नराखिदिन हुन आग्रह गर्दछौं । हामी विज्ञापनले कलाशैली डटकमको सम्पादकीय नीतिलाई प्रभावित हुन दिनेछैनौं । तर तपाईले दिने विज्ञापनले पाठक, दर्शकलाई सही सूचना सम्प्रेषण गर्दै फिल्म क्षेत्रप्रति बलियो मत निर्माण गर्ने हाम्रो अभियानमा भने दीर्घकालीन हिसाबले सकारात्मक प्रभाव पार्नेछ । त्यसको मूल्यांकन केवल एउटा फिल्म वा घटनाका लागि मात्र वा क्षणिक पक्कै हुनेछैन ।

    कलाशैली डटकमले नेपाली फिल्मक्षेत्रलाई प्रधान महत्व दिईरहँदा कलाका अन्य हाँगाहरु रंगमञ्च, गीत, संगीत, डकुमेन्ट्री, सर्टफिल्म वा मेला महोत्सवदेखि फेसन, सौन्दर्य, कलाकारका रहनसहन, खानपान, सम्बन्धबारेका शैलीजन्य सामाग्रीलाई पनि उत्तिकै महत्वका साथ सम्प्रेषण गर्नेछौं ।

    नयाँ वर्ष २०८२ मा नयाँ सोच र जाँगरका साथ कलाशैली डटकमले नयाँ कदम चालिरहेको छ । हाम्रो यस यात्रामा कलाकर्मी, फिल्मकर्मी, सर्जक, पाठक, दर्शक, विज्ञापनदाताको निरन्तर साथ सहयोग र हाम्रा सामाग्रीमा सधैं खबरदारी रहनेछ भन्ने आशा राखेका छौं । आउनुहोस्, हातेमालो गर्दै सार्थक, उन्नत र सुसंस्कृत फिल्म क्षेत्र बनाउँदै यसको समृद्धिको दिशामा अघि बढौं । अब पीठोका लागि हैन, चामल बेच्नकै लागि सार्थक बहस गरौं ।

    Post Views: 1,937
    प्रकाशित मिति: २०८२ बैशाख १, सोमबार ११:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    असोज १५ : ‘राष्ट्रिय फिल्म दिवस’
    ‘जनै हराएको मान्छे : सम्बन्धका धागहरू’ बक्स अफिसमा असफल
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.