• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai saugat malla Bipin Karki Kala Saili Music Dinesh Dc Miruna Magar Rajesh Hamal Film Development Board Nepal

नेपालको पहिलो कार्बन न्यूट्रल फिल्म बन्दै ‘महापुरुष’

  •  कलाशैली संवाददाता
  • २०७९ पुष ३, आईतवार २१:०६ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौं l आज शनिबार प्रदर्शनको ५१औं दिन मनाउन सफल भएको यस वर्षको सुपरहिट फिल्म ‘महापुरुष’ नेपालको पहिलो कार्बन न्यूट्रल फिल्म बन्ने भएको छ । शनिबार काठमाडौंमा सफलताको खुसी साट्न आयोजना गरिएको कार्यक्रममा छायांकनदेखि रिलिजसम्म उत्सर्जन भएको कार्बनलाई न्यूनीकरण गर्न निर्माण टिमले सोलार प्लान्ट स्थापना वा वृक्षारोपणमध्ये एउटा काम गर्ने घोषणा गर्‍यो ।

    फिल्मको प्रि-प्रोडक्सन, छायांकन, पोस्ट-प्रोडक्सन र रिलिजसम्म ६.४ टन कार्बन उत्सर्जन भएको र त्यसको न्यूनीकरण गर्न २६६ वटा रुख रोप्न वा कुनै ठाउँमा ११ किलोवाटको सोलार प्यानल जडान गर्न विज्ञले निर्मातालाई सुझाव दिएका छन्। निर्माण टिमले कार्बन उत्सर्जन कम गर्न विद्युतीय सवारी साधनको प्रयोग गरेको थियो । जसले गर्दा कार्बन उत्सर्जन ३ टन घटेको विज्ञले बताए।

    निर्माता रविन्द्र सिंह बानियाँले फिल्म निर्माणको क्रममा उत्सर्जन कार्बन बराबर चाँडै वृक्षारोपण वा सोलर प्यानल जडानमध्ये एउटा काम गरिने जानकारी दिए । जलवायु परिवर्तनमा फिल्म मेकर पनि सचेत हुनुपर्ने उनको भनाई छ । कार्यक्रममा कलाकार हरिवंश आचार्यले आफूले चाँडै गाउँमा १५० वटा विरुवा रोप्न लागेको र त्यसका लागि हाल सिचाई व्यवस्थापनको काम भइरहेको बताए।

    शनिबार निर्माण पक्षले केक काटेर प्रदर्शनको ५१औं दिने खुसी पनि साट्यो। आगामी हप्ता वनभोज आयोजना गर्ने निर्माण टिमको योजना छ । ५१ दिनसम्ममा ११ करोडको व्यापार गरेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँलगायतको मुख्य भूमिका छ।

    Post Views: 587
    प्रकाशित मिति: २०७९ पुष ३, आईतवार २१:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘सिनेपा:’ स्टुडियो निर्माणको औपचारिक सुरुवात
    ‘नरसिंहाः अवतार’ ट्रेलर सार्वजनिक भए लगत्तै युट्युब ट्रेन्डिङमा
    चलचित्रकर्मी कल्याणकारी कोषमार्फत चार फिल्मकर्मीले प्राप्त गरे आर्थिक सहायता
    ताजा अपडेट
    • १. कुसुमले गरिन् टिकाटालो

    • २. पुनमलाई ‘तिमी मेरो प्राण हौ…’ भन्दै सनम

    • ३. ‘जनै हराएको बाहुन’को छायांकन सम्पन्न

    • ४. ‘जारी २’को पाँचथरबाट छायांकन सुरु

    • ५. ‘तोक्मा एप’का ब्रान्ड एम्बासडर बने विल्सन

    चर्चित
    • १. ‘नरसिंहाः अवतार’ ट्रेलर सार्वजनिक भए लगत्तै युट्युब ट्रेन्डिङमा

    • २. बोर्डको सेवा अब अनलाइनमै, ३० सेवा घरमै बसेर पाउन सकिने

    • ३. ‘नरसिंहाः अवतार’ को ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया

    • ४. रजनीकान्त बने एसियाका सबैभन्दा महँगा अभिनेता

    • ५. किन ‘हाउसफुल ५’ को टिजर हटाइयो ?

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.