• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

नेपालको पहिलो कार्बन न्यूट्रल फिल्म बन्दै ‘महापुरुष’

  •  कलाशैली संवाददाता
  • २०७९ पुष ३, आईतवार २१:०६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौं l आज शनिबार प्रदर्शनको ५१औं दिन मनाउन सफल भएको यस वर्षको सुपरहिट फिल्म ‘महापुरुष’ नेपालको पहिलो कार्बन न्यूट्रल फिल्म बन्ने भएको छ । शनिबार काठमाडौंमा सफलताको खुसी साट्न आयोजना गरिएको कार्यक्रममा छायांकनदेखि रिलिजसम्म उत्सर्जन भएको कार्बनलाई न्यूनीकरण गर्न निर्माण टिमले सोलार प्लान्ट स्थापना वा वृक्षारोपणमध्ये एउटा काम गर्ने घोषणा गर्‍यो ।

    फिल्मको प्रि-प्रोडक्सन, छायांकन, पोस्ट-प्रोडक्सन र रिलिजसम्म ६.४ टन कार्बन उत्सर्जन भएको र त्यसको न्यूनीकरण गर्न २६६ वटा रुख रोप्न वा कुनै ठाउँमा ११ किलोवाटको सोलार प्यानल जडान गर्न विज्ञले निर्मातालाई सुझाव दिएका छन्। निर्माण टिमले कार्बन उत्सर्जन कम गर्न विद्युतीय सवारी साधनको प्रयोग गरेको थियो । जसले गर्दा कार्बन उत्सर्जन ३ टन घटेको विज्ञले बताए।

    निर्माता रविन्द्र सिंह बानियाँले फिल्म निर्माणको क्रममा उत्सर्जन कार्बन बराबर चाँडै वृक्षारोपण वा सोलर प्यानल जडानमध्ये एउटा काम गरिने जानकारी दिए । जलवायु परिवर्तनमा फिल्म मेकर पनि सचेत हुनुपर्ने उनको भनाई छ । कार्यक्रममा कलाकार हरिवंश आचार्यले आफूले चाँडै गाउँमा १५० वटा विरुवा रोप्न लागेको र त्यसका लागि हाल सिचाई व्यवस्थापनको काम भइरहेको बताए।

    शनिबार निर्माण पक्षले केक काटेर प्रदर्शनको ५१औं दिने खुसी पनि साट्यो। आगामी हप्ता वनभोज आयोजना गर्ने निर्माण टिमको योजना छ । ५१ दिनसम्ममा ११ करोडको व्यापार गरेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँलगायतको मुख्य भूमिका छ।

    Post Views: 704
    प्रकाशित मिति: २०७९ पुष ३, आईतवार २१:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    आफ्नो पक्षमा निर्णय नआउँदा समुन्द्रले लगाइन आरोप
    अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व ‘अञ्जिला’ ले गर्ने
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.