• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व ‘अञ्जिला’ ले गर्ने

  •  कलाशैली संवाददाता
  • २०८२ आश्विन २, बिहीबार ११:४७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । अमेरिकामा आयोजना हुने ९८औँ ‘द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर अवार्ड)’ मा नेपालको प्रतिनिधित्व फिल्म ‘अञ्जिला’ ले गर्ने भएको छ । नेपालस्थित अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा यो फिल्मलाई सिफारिस गरेको हो । समितिका अध्यक्ष विमल पौडेलका अनुसार, प्राप्त फिल्महरूमध्ये विषयवस्तु, कलात्मकता र सन्देशलाई आधार मानेर ‘अञ्जिला’ छनोट गरिएको छ ।

    अस्करमा प्रतिस्पर्धाका लागि दुई नेपाली कथानक फिल्म ‘गुन्यु चोलो – द ड्रेस’ र ‘अञ्जिला’ प्राप्त भएका थिए । ‘अञ्जिला’ नेपाली महिला फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडी सुब्बाले नै मुख्य भूमिकामा अभिनय गर्नुभएको यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले खेलाडीको विषयमा बनेको फिल्मले नेपालको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताए ।

    फिल्ममा अञ्जिला सुब्बासँगै दयाहाङ राई, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धी तामाङलगायतका कलाकारहरूले अभिनय गर्नुभएको छ। गत वर्ष वि.सं. २०८१ मा नेपालमा प्रदर्शन भएको यो फिल्मले घरेलु बजारमा करिब ९ करोडको व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

    Post Views: 150
    प्रकाशित मिति: २०८२ आश्विन २, बिहीबार ११:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.