• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘द ब्लू लाइट’को छायांकन सम्पन्न

  •  कलाशैली संवाददाता
  • २०८२ असार १४, शनिबार १४:१८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘द ब्लू लाइट’ को छायांकन सकिएको छ । जेठ २२ गतेबाट सुरु गरिएको छायांकन उपत्यका भित्रका विभिन्न स्थानमा गरी २५ दिनमै सम्पन्न भएको हो । यसलाई बलिराम चौहानले निर्देशन गरेका हुन् । उनी फिल्म ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशक समेत हुन् र यो उनको डेब्यु निर्देशन फिल्म हो ।

    स्काईफल पिक्चर्सको प्रस्तुति रहेको फिल्म ‘द ब्लू लाइट’ को प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी लगायतका कलाकारहरू छन् । फिल्मका बाल कलाकारहरूमा ग्रिसमा कटुवाल र सहारा शर्मा रहेका छन् ।

    यो फिल्मको थिम पोस्टर र फस्टलुक पोस्टर पहिल्यै सार्वजनिक भइसकेका छन् । थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएकी थिइन्, जसको कपाल झुस्स परेको र अनुहारमा विछिप्त मुद्रा देखिएको थियो । यसले फिल्मको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्काउँछ । यस्तै, छायांकनकै क्रममा सार्वजनिक गरिएको अर्को पोस्टरमा फिल्मकी मुख्य कलाकार बेनिशा हमाल बारमा औंलामा चुरोट च्यापेर तनावमा देखिएकी थिइन् ।

    निर्माण पक्षले कलाकारको भूमिका र फिल्मको कथाबारे स्पष्ट पारेको छैन, तर निर्देशक चौहानले विस्तारै खुलाउँदै जाने बताएका छन् । यसमा रमन ग्रे रहनेछन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहनेछन् । फिल्मको छायांकन मैनालीले नै गरेका हुन् । आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको फिल्ममा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

    Post Views: 246
    • Benisha Hamal
    • Kala Saili
    • Kala Saili News
    • The Blue Light
    प्रकाशित मिति: २०८२ असार १४, शनिबार १४:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.