• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

२७ विधामा पाँचौ ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड’ प्रदान

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २१, मंगलवार १६:४७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । पाँचौ संस्करणको ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४’ काठमाडौँमा एक समारोहबिच फेशन, मोडलिङ र संगीतको विभिन्न २७ विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भयो । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा भएको सो समारोहमा विभिन्न स्रस्टाहरुलाई सम्मानित गरियो । समारोहमा कार्यक्रममा अग्रज गायिका मिरा राणालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । स्वास्थ्य समस्याका कारण उनी कार्यक्रममा उपस्थित हुन सकिनन् ।

    समारोहमा संगीतकार दीपक शर्मा दशकको संगीत सम्मानबाट सम्मानित भए । पत्रकार कुबेर डंगोललाई नगदसहित चलचित्र फोटो पत्रकार सम्मान प्रदान गरिएको सो समारोहमा चलचित्रकर्मी सम्मानबाट चलचित्र निर्माता रौनक विक्रम कँडेल, फोटो पत्रकार अफ द इयर सम्मानबाट बद्री थापा, गायन सम्मानबाट गायक डेविड शंकर, नृत्य सम्मानबाट निर्देशक प्रदीप कुमार रसाइली, युवा उद्यमी सम्मानबाट नवराज पाण्डे र कपुर साउद कार्यक्रममा सम्मानित भए ।

    पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अग्रज कलाकार किरण केसीलगायतले यी स्रस्टालाई समारोहमा सम्मान प्रदान गरेका थिए । स्टार वान इन्टर टेनेमेन्ट प्रालिद्धारा आयोजित फेशन एवम् मोडलिङ तर्फ विभिन्न आठ विधामा अवार्ड प्रदान गरियो । जसमा फेसन र मोडलिङ तर्फ उत्कृष्ट फेसन डिजाइनर अफ दि इयरको अवार्ड पटुकी फेसनबाट सञ्जिता बरालले, फेसन डिजाइनको जुरी अवार्ड काजल क्रियसनबाट काजल शर्माले, वर्षको फेसन मोडल अवार्ड दिक्पाल कार्कीले, वर्षको फेशन कोरीयोग्राफर अवार्ड अश्विनी कान्त झाले, वर्षको फेसन मेकअप आर्टिष्ट अवार्ड टेक राज पाण्डेले प्राप्त गरे । यस्तै समारोहमा वर्षको बेस्ट पेजेन्ट डिरेक्टर अवार्ड निशु कान्त झाले वर्षको इभेन्ट म्यानेजरको अवार्ड सम्राट प्रसाद शाहले, वर्षको डान्स कोरीयोग्राफर (पेजेन्ट)को अवार्ड सन्दीप भुजेलले, प्राप्त गरे ।

    सरिता भारतीको संयोजन एवम् बालकृष्ण पोखरेलको निर्देशनमा सम्पन्न पाँचौ नेपाल म्युजिक एन्ड फेसन अवार्ड समारोहमा संगीत तर्फ १९ विधामा अवार्ड प्रदान गरियो । जसमा आधुनिक तर्फ उत्कृष्ट गायकको अवार्ड मायाले सजाउँलाबाट ओम सुनारले, गायिकाको अवार्ड यो दिलकोबाट स्वाती भट्टले, गीतकारको अवार्ड मलाई तिमीबाट हंस राज जोशीले जिते ।

    यस्तै आधुनिक विधाकै म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड तप तप पानीबाट दिलीप ओखेडाले, महिला मोडलको अवार्ड हे गोरीबाट मल्लिका राजोपाध्यायले, महिला जुरी अवार्ड हाँसेर माग गीतबाट शिला गजुरेलले र म्युजिक भिडियो मेकअप अवार्ड नगर दोमनबाट मनीषा श्रेष्ठ (कमला) पाईन् भने कोरियोग्राफी (स्टेज प्रस्तुति)को अवार्ड माया भन्दा ठुलोबाट केशव कोइरालाले हाँसिल गरे ।

    लोक गीत गायिकाको अवार्ड हरि भजन लोक गीतबाट शान्ति कुमारी शाहीले र लोक गीत गायन जुरी अवार्ड ओए सोल्टिनीबाट आयुमी तामाङले जिते । यस्तै लोक दोहोरी विधामा लोक दोहोरी गीत रचनाको अवार्ड छोड सताउन गीतबाट डब्बु क्षेत्रीले चुमे । यसै गरी लोक दोहोरी गायकको अवार्ड बालेनको सहरबाट चन्द्र शर्माले, लोक दोहोरी गायिका अवार्ड माया पिरतीबाट नम्रता खरेलले जिते भने लोकदोहोरीमै म्युजिक भिडियो पुरुष मोडलको अवार्ड पानको पातबाट पल शाहले, महिला मोडलको अवार्ड यो दुनियाँबाट जुना कार्कीले, म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड एक नम्बरी सुनबाट रबिता मगरले हासिल गरे ।

    चलचित्र तर्फ गीतकारको अवार्ड चलचित्र न मेटिएको घाउको बाहिरी पीडाबाट विकास विष्टले, चलचित्र संगीतकारको अवार्ड एक्टर वान टेक चलचित्रको के भरोसा गरमबाट हर्कुलस बस्नेतले हासिल गरे । भाषाभाषी तर्फ नेपाल भाषामा गायनको अवार्ड छँगु मतिनाया आशयबाट राजकुमार मानन्धरले र नेपाल भाषा उत्कृष्ट गीत रचनाको अवाड नक्कलिम्ह मय्जु गीतबाट सुरजबीर बज्राचार्यले प्राप्त गरे ।

    सञ्चारकर्मी विष्णु प्रसाद सुवेदीले सञ्चालन गरेको सो कार्यक्रमको निर्णायकमा निर्देशक दिवाकर भट्टराई, उमेश गुरुङ, चलचित्र निर्माता ध्रुब प्रसाद न्यौपाने, नृत्यांगना एलिजिबा पुन मगर, गायकहरू चेतन राई, रमेश पाठक, हेमन्त शिशिर, महेन्द्र राज बराल र म्युजिक भिडियो निर्देशक केशब राज भट्ट थिए । समारोहमा गायक डेविड शंकर, ओम सुनार, रमेश पाठकले आफ्ना चर्चित गीतबाट कार्यक्रममा रौनक बढाए ।

    Post Views: 448
    • Kala Saili
    • Kala Saili News
    • Kuber Dangol
    प्रकाशित मिति: २०८२ जेष्ठ २१, मंगलवार १६:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.