• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘सत्य कहिल्यै लुक्दैन’ शीर्षकमा सडक नाटक

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ १२, आईतवार १४:५० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आगामी जेठ १५ गते बिहीबार प्रदर्शनमा आउने नेपाली फिल्म ‘महाभोज’ ले नवीन प्रचार शैली अपनाउँदै सडक नाटकमार्फत दर्शकमाझ पुग्ने रणनीति लिएको छ। रिलिजको अन्तिम चरणमा पुग्दा यो फिल्मले प्रचारमा विविधता थपेको छ । गत शनिबार साँझ काठमाडौँको गोङ्गबुमा ‘सत्य कहिल्यै लुक्दैन – महाभोज’ शीर्षकको सडक नाटक प्रस्तुत गरी सयौँ दर्शकलाई फिल्मको कथावस्तुबारे जानकारी गराइयो । निर्माताका अनुसार, यो अभियान रिलिजसम्म काठमाडौँका विभिन्न स्थानमा दैनिक रूपमा सञ्चालन हुनेछ ।

    सडक नाटकमा कलाकारहरूले प्रत्यक्ष अभिनयमार्फत सहकारी पीडित र पीडकबीचको कथालाई जीवन्त रूपमा प्रस्तुत गरे । फिल्मको मूल कथावस्तुसँग मेल खाने यो नाटकको निर्देशन आकाश नेपालीले गरेका छन् भने लेखन सरिता कठायतले गरेकी छन् । नाटकमा सुजन खतिवडा, सन्तोष गिरी, चिराग पनेरु, सरिता कठायत, र विनोद प्रकाश धामीले अभिनय गरेका छन्। नाटक व्यवस्थापन ट्राइडेन्ट कन्सेप्ट र द क्रियटर्स नेपालले गरेको छ भने प्रस्तुति शुभआकाश टिमको हो ।

    दिनेश राउतद्वारा निर्देशित ‘महाभोज’ सहकारी संस्थामा बचत गरेको रकम डुब्दा उत्पन्न पीडादायी अवस्था, पीडितको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष, र राजनीतिक चलखेललाई चित्रण गर्ने फिल्म हो ।

    फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, र मोहन निरौलाको प्रमुख भूमिका छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको यो फिल्म हिमाल कडरिया निर्माता र विकास सुवेदी लेखक हुन् । ‘महाभोज’ नेपालसहित विदेशका केही मुलुकमा एकसाथ प्रदर्शन हुनेछ ।

    Post Views: 327
    • Aaryan Sigdel
    • Dinesh Raut
    • Kala Saili
    • Kala Saili News
    • Khagendra Lamichhane
    • Mahabhoj
    प्रकाशित मिति: २०८२ जेष्ठ १२, आईतवार १४:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.