• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ८, बुधबार २१:४३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । म्युजिक भिडियोबाट फिल्ममा प्रवेश गर्ने अभिनेत्रीहरूको अनुभवमा फिल्म अभिनय निकै चुनौतीपूर्ण हुने गरेको छ । यस्तै अनुभव बोकेकी अभिनेत्री सनिशा भट्टराईले म्युजिक भिडियोको तुलनामा फिल्ममा समय र मिहिनेत धेरै लाग्ने बताएकी छन् । गत वर्ष दसैँमा प्रदर्शित ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गरेकी सनिशाले आफ्नो दोस्रो फिल्म ‘नरसिंहाः अवतार’ आगामी शुक्रबार (९ गते) रिलिज हुँदैछ ।

    ‘नरसिंहाः अवतार’मा उनले ‘कुसुम’ नामक युवतीको चरित्र निर्वाह गरेकी छन् । ‘१२ गाउँ’मा उनको भूमिका सीमित र सरल थियो । तर ‘नरसिंहाः अवतार’मा च्यालेन्जिङ भूमिकाले उनलाई अभिनयमा निखार्ने अवसर दिएको छ ।

    फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाललगायतका कलाकारसँग स्क्रिन सेयर गरेकी सनिशाले हमालसँग काम गर्नु आफ्नो भाग्य ठान्छिन् । किनकि हमाल उनको बाल्यकालका हिरो हुन् ।

    ‘राजेश सर सिनियर भए पनि सहज, रमाइलो र सिकाउने स्वभावका हुनुहुन्छ । उहाँसँग काम गर्न पाउँदा धेरै कुरा सिक्न पाएँ’, उनले भनिन् । म्युजिक भिडियोबाट हतारमा फिल्ममा प्रवेश गरेकी उनलाई अब अभिनय, मार्सल आर्टलगायत सिकेर अगाडि बढ्नुपर्ने महसुस भएको छ। दिवाकर भट्टराईले निर्देशन गरेको ‘नरसिंहाः अवतार’ प्रेम, विछोड, सस्पेन्स र बदलाको कथामा आधारित छ । फिल्मको बुकिङ समेत खुलिसकेको छ ।

    Post Views: 369
    • Kala Saili
    • Kala Saili News
    • Narsimha Avtaar
    • Rajesh Hamal
    • Sanisha Bhattarai
    प्रकाशित मिति: २०८२ जेष्ठ ८, बुधबार २१:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.