• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘बाउ भर्सेस छोरा’ घोषणा : पुस्तान्तरणको कथा पर्दामा

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ८, बुधबार १४:१७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली फिल्म ‘होस्टेल ३’ को उल्लेखनीय सफलतापछि निर्माण टिमले नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’ को घोषणा गरेको छ । सम्मान इन्टरटेन्मेन्टअन्तर्गत निर्माण हुने यो फिल्मले दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकराबलाई मुख्य विषयवस्तु बनाउनेछ ।

    निर्देशक सशान कँडेलले यो फिल्मले नेपाली समाजमा बढ्दो पुस्तागत अन्तर र नयाँ पुस्ताले भोगिरहेको दुर्व्यसनको यथार्थलाई चित्रण गर्ने बताए । लेखक माधव शर्माले कथाले बाउ र छोराबीचको भौतिक दूरीसँगै सोच, दृष्टिकोण र जीवनशैलीको भिन्नतालाई गहिराइमा प्रस्तुत गर्ने उल्लेख गरे । यसको टाइटल डिजाइनमा ‘X Generation बाउ’ र ‘Z Generation छोरा’ को अवधारणालाई रोयल भीमसेनले आकर्षक र रचनात्मक ढंगले चित्रण गरेका छन्।

    ‘होस्टेल ३’ ले ५१ दिनसम्म प्रदर्शनको कीर्तिमान कायम गरेको थियो । ‘बाउ भर्सेस छोरा’ को स्क्रिप्ट अन्तिम चरणमा रहेको र कलाकार चयन, छायाङ्कन मिति तथा प्रदर्शन समयबारे चाँडै जानकारी सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ । यसका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । यो फिल्मले पुस्तान्तरणको संवेदनशील विषयलाई सशक्त कथावस्तु र उत्कृष्ट प्रस्तुतिमार्फत दर्शकमाझ नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    Post Views: 298
    • Baau Vs Chhora
    • Kala Saili
    • Kala Saili News
    प्रकाशित मिति: २०८२ जेष्ठ ८, बुधबार १४:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.