• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

जेठ २ मै नोरा नेपाल आउँदै

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २८, आईतवार २३:०७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेही आफ्नो पहिलो प्रस्तुधिका लागि यही शुक्रबार नेपाल आउने भएकी छिन् । उनी नेपालमा तीन दिन रहने कार्यक्रम तय भएको आयोजक वर्ल्डवाइड फिल्म्स नेटवर्कले जानकारी दिएको छ । आयोजकका अनुसार, फतेही शुक्रबार दुबईबाट काठमाडौं आइपुग्नेछिन् । सोही दिन उनले ‘मिट एण्ड ग्रीट’ कार्यक्रममा सहभागीता जनाउनेछिन् ।

    शनिबार साँझ बौद्धस्थित हायात होटलको चौरमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा उनले आफ्नो विशेष प्रस्तुति दिनेछिन् । यसका लागि उनी २० जनाभन्दा बढी डान्सरको टोलीसहित काठमाडौं आउन लागेकी हुन् । आइतबार बिहान नोराले वसन्तपुर दरबार स्क्वायरलगायत काठमाडौंका सांस्कृतिक तथा पर्यटकीय सम्पदाहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ । इभेन्ट म्यानेजर मनीष कार्कीका अनुसार, उनी आइतबार दिउँसो दुबई फर्कनेछिन् ।

    वर्ल्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले कार्यक्रमको टिकट बिक्री खल्ती र आइएमई पेबाट धमाधम भइरहेको जानकारी दिए । यो कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना गर्न लागिएको हो ।

    कार्यक्रममा नोरा फतेहीसँगै नेपाली कलाकारहरू दुर्गेश थापा, नृत्यांगना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’ का उत्कृष्ट ५ मा पर्न सफल प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई र इन्द्रकला राईले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

    Post Views: 353
    • Kala Saili
    • Kala Saili News
    • Nora fatehi
    • Nora Fatehi Live In Nepal
    प्रकाशित मिति: २०८२ बैशाख २८, आईतवार २३:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.