• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

रजनीकान्त बने एसियाका सबैभन्दा महँगा अभिनेता

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २७, शनिबार २३:१४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । भारतीय सुपरस्टार रजनीकान्त फेरि एक पटक चर्चाको शिखरमा छन् । दक्षिण भारतीय फिल्म ‘कुली’ मा काम गरेबापत उनले लिएको पारिश्रमिकले उनलाई एसियाकै सबैभन्दा महँगो अभिनेता बनाएको भारतीय मिडियाहरूले दाबी गरेका छन् । ‘जेलर’ र ‘वेट्टायन’ जस्ता सफल फिल्मपछि रजनीकान्त निर्देशक लोकेश कनागराजको फिल्म ‘कुली’ मार्फत पर्दामा फर्किंदैछन् ।

    मनी कन्ट्रोलको रिपोर्टअनुसार, उनले उक्त फिल्मबाट २ सय ६० देखि २ सय ८० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन्, जुन एसियाली फिल्म उद्योगमा अहिलेसम्मकै सबैभन्दा उच्च पारिश्रमिक मानिएको छ ।

    ‘कुली’ को कुल बजेट ४ सय करोड रुपैयाँ रहेको बताइएको छ, जसको आधाभन्दा बढी रकम रजनीकान्तको पारिश्रमिकमै खर्च भएको छ । निर्माणमा कलानिधि मारन छन्, भने निर्देशक लोकेश कनागराजले ६० करोड र अर्का मुख्य अभिनेता नागार्जुनले ३५ करोड पारिश्रमिक लिएका छन् ।

    फिल्ममा बलिउड अभिनेता आमिर खानको क्यामियो पनि रहनेछ । केही मिनेटको भूमिकाका लागि आमिरले २५ देखि ३० करोड भारु लिएको उल्लेख गरिएको छ । अभिनेत्री श्रुति हसन, अभिनेता सत्यराज र उपेन्द्र रावलाई भने बजार मूल्यअनुसारको पारिश्रमिक दिइएको छ ।

    रजनीकान्त सन् २०१० मा रिलिज भएको ‘रोबोट’ फिल्मपछि नै एसियाका महँगा अभिनेताहरूको सूचीमा परेका थिए । ‘कुली’ मार्फत उनले फेरि शीर्ष स्थान पुनः प्राप्त गरेका छन् । ‘कुली’ १४ अगस्ट २०२५ मा विश्वव्यापी रूपमा प्रदर्शनमा आउने तयारीमा छ ।

    Post Views: 440
    • Coolee
    • Kala Saili
    • Kala Saili News
    • Rajanikantha
    प्रकाशित मिति: २०८२ बैशाख २७, शनिबार २३:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.