• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

चलचित्रकर्मी कल्याणकारी कोषमार्फत चार फिल्मकर्मीले प्राप्त गरे आर्थिक सहायता

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २३, मंगलवार २२:५४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । चलचित्र विकास बोर्डअन्तर्गत रहेको चलचित्रकर्मी कल्याणकारी कोषले बिरामी तथा दिवंगत भएका फिल्मकर्मीहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । कोषले तीन जना गम्भीर बिरामी र एक जना मृतक फिल्मकर्मिको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिएका छन् ।

    उहाँका अनुसार, मस्तिष्कमा रक्तस्राव भई ग्रिनसिटी अस्पतालमा उपचार गराइरहेका निर्देशक सन्तोष ढकालको परिवारलाई १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । त्यसैगरी, दिवंगत प्राविधिक श्रीकृष्ण तिमल्सिनाको काजक्रिया खर्चका लागि उनको परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ । खुट्टा भाँचिएर आराम गरिरहेका कलाकार गोकुल सुवेदीलाई ४० हजार रुपैयाँ र जटिल रोग सिरोसिसबाट पीडित प्राविधिक उमेश श्रेष्ठको परिवारलाई १ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ ।

    बोर्डका अध्यक्ष डीसी, कल्याणकारी कोषकी अध्यक्ष वसुन्धरा भुसाल, सदस्यहरु मोहन निरौला र पुष्कर लामासहितको टोलीले बिरामीहरुको निवास, अस्पताल र मृतकको क्रियापुत्री भवनमा पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए । फिल्मकर्मीहरूले एकआपसमा देखाएको यो सहयोग र सद्भावले सकारात्मक सन्देश दिएको छ ।

    Post Views: 273
    • Basundhara Bhushal
    • Dinesh Dc
    • Film Development Board Nepal
    • Kala Saili
    • Kala Saili News
    • Puskar Lama
    प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार २२:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.