• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘पाँच पाण्डव’ मा को-को हुनेछन् कलाकार ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख १०, बुधबार १२:५२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । निर्देशक वसन्त निरौलाले नयाँ फिल्म ‘पाँच पाण्डव’ निर्देशन गर्ने भएका छन् । काली रानी फिल्म्समार्फत निर्माण हुने फिल्मलाई ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले निर्माण गर्नेछन् । यसमा टेली सिरियलमा रुचाइएको जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई कलाकारका रुपमा तय गरेका छन् ।

    यसका साथै नाम अनुसार फिल्ममा पाँच पात्र प्रमुख भूमिकामा रहने बुझिएको छ । निर्देशक निरौलाले बनाएको सोच अनुसार फिल्म निर्माण भएमा यो वर्षकै ठूलो फिल्म बन्ने छ,’पाँच पाण्डव’ । निर्देशक निरौलाले अहिले पटकथा लेख्नकै क्रम रहेको बताए ।

    ‘हामीले यही वर्ष छायांकन गरेर प्रदर्शन गर्ने सोच बनाएका छौँ । यो फिल्म मेरा लागि अवसर र चुनौती दुवै हो । यसलाई मैले निर्देशन करिअरकै महत्वाकांक्षी प्रोजेक्टको रुपमा लिएको छु’, निर्देशक निरौलाले भने ।

    उनले पटकथा लेख्नकै क्रम र केही कलाकारसँग मौखिक संवाद भइरहेकाले अन्य कलाकारको बारेमा जानकारी दिन नमिल्ने बताए । साढे तीन करोड हाराहारीको लागतमा फिल्म बन्ने तय गरिएको भएता पनि यसमा रहने कलाकार अनुसारको यसको बजेट तय हुने निर्देशक निरौलाको भनाइ छ । निर्देशक निरौला ‘पाँच पाण्डव’ बनाउन कसिएपछि गत मङ्सिरमा घोषणा भएको उनको अर्को फिल्म ‘दशमी’ के होला भन्ने प्रश्न उब्जिएको छ । निर्देशक निरौला दुवै फिल्म पालैपालो बन्ने बताउछन् ।

    ‘फिल्मको कथा अनुसार कुन अगाडि वा पछाडि बन्छ भनेर तय हुन्छ तर दशमी बन्छ नै’, उनले भने । गत वर्षको फूलपातीमा उनको निर्देशनमा बनेको फिल्म ‘ज्वाइँ साब’ प्रदर्शन भएको थियो ।

    Post Views: 597
    • Basanta Niraula
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Paach Pandav
    प्रकाशित मिति: २०८२ बैशाख १०, बुधबार १२:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    दसैँमा गुञ्जिन्छन् यी गीतहरू
    तीनै फिल्मको अपेक्षाभन्दा कम व्यापार
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.