• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘अञ्जिला’ पछि फेरिएँ भन्छन् चाम्स, ‘सुम्निमा’ मा देखिन्छ त फरकपना ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २, मंगलवार १६:४६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । फिल्म ‘हँसिया’ मार्फत फिल्म निर्देशनमा होमिएका मिलन चाम्सको पछिल्लो फिल्म ‘अञ्जिला’ सफलताको बाटोमा अघि बढिसकेको छ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म निर्देशन गरेपछि उनले आफ्नो कार्यशैलीमै परिवर्तन ल्याउने भएका छन् । वितरक करण श्रेष्ठ भने वैशाख १ सम्ममा १० करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको दाबी गर्छन् ।

    खेलाडीको विषयमा बनेको फिल्मले सफलता पाएपछि आफूले मेकिङको शैलीमा परिवर्तन ल्याउने निर्देशक चाम्सले बताए । उनले भने,‘मैले निर्देशन गर्ने प्रायः फिल्म सिनेम्याटिक हुने गर्छन्, अर्थात् फिल्मी । कल्पनाको संसार सुन्दर र भव्य होस् भन्ने सोच्थें, त्यहि अनुसारको प्रस्तुतीकरणदेखि संवाद बोल्ने शैली हुन्थ्यो । तर अञ्जिलाको सफलताले मलाई फिल्म र त्यसका पात्र वास्तविकतासँग नजिक हुनुपर्छ भन्नेमा विश्वस्त बनाएको छ । मैले फिल्ममा देखाउने दृश्य वास्तविकतामा सम्भव छ की छैन् ? म त्यसमा केन्द्रीत हुन थालेको छु ।’

    मिलनले आगामी फिल्म ‘सुम्निमा’ मा आफू नयाँ शैलीमा प्रस्तुत हुने बताए । उनले पात्रको संरचनासँगै प्रस्तुतीकरणमा पनि नयाँ शैली अपनाउने सोच बनाएका छन् । ‘यो फिल्म मेरो अघिल्ला फिल्म भन्दा फरक हुन्छ । किनकि मैले अञ्जिलामा गरेको प्रयोग सफल भएपछि अबका फिल्ममा दर्शकलाई पात्रसँग भावनात्मक रुपमा जोड्ने गरी प्रस्तुती दिने छु, नयाँ वर्षदेखि नयाँ शैलीमा काम गरिरहेको छु भन्दा फरक नपर्ला’, निर्देशक चाम्सले भने । आगामी जुलाईदेखि बेलायत र नेपालमा छायांकन हुने फिल्ममा उनले प्रेमकथालाई प्रस्तुत गर्दैछन् ।

    Post Views: 429
    • Anjila Movie
    • Anjila Tumbapo Subba
    • Dayahang Rai
    • Kala Saili
    • Kala Saili News
    • Kala Saili Update
    • Karan Shrestha
    • Milan Chams
    • Sumnima Movie
    प्रकाशित मिति: २०८२ बैशाख २, मंगलवार १६:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.