• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

  •  कलाशैली संवाददाता
  • २०८२ कार्तिक २०, बुधबार १२:४३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । फिल्म ‘पाँच पाण्डव’को शुभमुहुर्त गरिएको छ । मङ्गलवार कमलादीस्थित गणेश मन्दिरमा यो फिल्म स्क्रीप्टको पूजा गर्दै कास्ट बारे जानकारी दिइयो । वसन्त निरौलाको निर्देशनमा बन्न लागेको यस फिल्ममा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) मुख्य भूमिकामा छन् । यी कलाकारहरू नै फिल्मका केन्द्रीय पात्र हुन् र ‘पाँच पाण्डव’को भूमिकामा देखिनेछन् ।

    फिल्मको नामअनुसार धार्मिक नभई सोसल ड्रामा भएको निर्माण पक्षले प्रष्ट पारेको छ । पाँच पाण्डव हिन्दु महाकाव्य महाभारतका केन्द्रीय पात्र हुन् । फिल्ममा युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव को–का हुन् भन्ने प्रष्ट पारिएको छैन । निर्माण पक्षले दिएको जानकारीअनुसार फिल्मको महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ रहनेछन् ।

    फिल्मका अन्य केही कलाकारहरू फाइनल बाँकी रहेको निर्देशक निरौलाले जानकारी दिए । काली रानी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने यो फिल्मको कथा सुशील पौडेलले लेखेका छन् । पटकथा तथा संवाद पनि उनकै रहेको छ । पौडेल फिल्म ‘प्रसाद’ शृंखलाका लेखक पनि हुन् । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने फिल्मको निर्माता काली रानी श्रेष्ठ हुन् ।

    हरिवंश आचार्यलगायत रुचाइएका तथा अग्रज कलाकार रहेकाले फिल्मको बजेट उच्च रहने र निर्माणमा बजेटका कारण कुनै कम्प्रोमाइज नगर्ने प्रस्तुतकर्ता श्रेष्ठले बताए । यसअघि गत वर्ष नवीनले फिल्म ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

    Post Views: 394
    • Paanch Pandav
    • Sushil Paudel
    प्रकाशित मिति: २०८२ कार्तिक २०, बुधबार १२:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दसैँमा गुञ्जिन्छन् यी गीतहरू
    तीनै फिल्मको अपेक्षाभन्दा कम व्यापार
    असोज १५ : ‘राष्ट्रिय फिल्म दिवस’
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.