• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘बलिदान’ : दोस्रो दिन शोसँगै घट्यो कलेक्सन, फुटफलमा पनि गिरावट

  •  कलाशैली संवाददाता
  • २०८२ आश्विन १५, बुधबार १२:१२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । दसैँको फूलपातीदेखि प्रदर्शनमा आएका तीन मध्ये फिल्म ‘बलिदान’ दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । मिश्रित प्रतिक्रियाको असर घरेलु बजारमा परेको देख्न सकिन्छ । चलचित्र विकास बोर्डको ‘बक्सअफिस @सिनेपा’ एपमा देखिएको तथ्यांकअनुसार फिल्मले दोस्रो दिन कम शो पाएको छ ।

    सन्तोष सेनद्वारा निर्देशित फिल्म ‘बलिदान’ ले पहिलो दिन २ सय ४४ शो पाएको थियो भने दोस्राे दिन २ सय १३ शोमा झरेको छ । फिल्म ‘बलिदान’ प्रति दर्शकबाट अपेक्षाकृत प्रतिक्रिया नआएकाे र हल अकुपेन्सी पनि साेचेजस्ताे नभएपछि प्रदर्शकले यस फिल्मकाे शो नै दाेस्राे दिनमा नै ३१  कटौती गरेका छन् । शाे मात्रै घटेकाे छैन, फिल्म ‘बलिदान’ काे प्रति शाेकाे व्यापार (हाेल्डओभर) पनि घटेकाे छ ।

    फिल्मले पहिलो दिन (असोज १३) २ सय ४४ शोबाट ५७ लाख १९ हजार ३४० रुपैयाँ र दोस्रो दिन (असोज १४) २ सय १३ शोबाट ४८ लाख ४६ हजार रुपैयाँको व्यापार गरेको छ । औसतमा पहिलाे दिन फूलपातीमा प्रति शाे साढे २४ हजार ग्रस कलेक्सन दाेस्राे दिन घटेर २२ हजार ७ सय ५० मा आइपुगेकाे छ ।

    दोस्रो दिन शोसँगै यसको व्यापार पनि कम भएको छ । यसले कालान्तरमा फिल्मको व्यापार घट्ने सङ्केत गरेको छ । फिल्मको द्वन्द्वको तारिफ भएता पनि निर्देशकीय पक्ष र पटकथा निकै कम्जोर रहेको समीक्षा ‘बलिदान’ ले पाइरहेको छ । फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायतका कलाकारको अभिनय रहेको छ।

    Post Views: 201
    प्रकाशित मिति: २०८२ आश्विन १५, बुधबार १२:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.