• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

दर्शक बढेपछि थपियो ‘हरिबहादुरको जुत्ता’ को शो

  •  कलाशैली संवाददाता
  • २०८२ आश्विन १५, बुधबार ११:५२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । फूलपातीदेखि प्रदर्शनमा आएको फिल्म ‘हरिबहादुरको जुत्ता’ ले दोस्रो दिन पनि बिहानैदेखि दर्शकको बलियो साथ पाएको छ । पहिलो दिन अधिकांश शो हाउसफुलसहित उत्कृष्ट व्यापार गरेको यो फिल्मले दोस्रो दिन पनि देशभरका हलहरूमा हाउसफुल व्यापार गरेको निर्माण पक्षको दावी छ । बलियो ‘वर्ड अफ माउथ’का कारण हलहरूले फिल्मको शो संख्या थपेका छन्।

    फिल्मका मुख्य अभिनेता हरिवंश आचार्य रिलिजको पहिलो दिनदेखि नै हल-हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् । दर्शकको उत्साहपूर्ण प्रतिक्रियाले उनी निकै उत्साहित देखिएका छन् । दीपेन्द्र के. खनालद्वारा निर्देशित यो फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपूत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ ।

    एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्मित यो फिल्म सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन् । फिल्मको छायांकन कृष्ण बहादुर थापाले गरेका छन् भने सम्पादन नकुल खड्काले गरेका छन् । ‘हरिबहादुरको जुत्ता’ ले प्रदर्शनको दुई दिनमा ५९ लाख ५८ हजार रुपैयाँको व्यापार (ग्रस कलेक्सन) गरेको छ । उक्त फिल्मले असोज १३ गते एक सय ३४ शोबाट २४ लाख ८५ हजार ६४ रुपैयाँ र दोस्रो दिन ३४ लाख ७३ हजार रुपैयाँको व्यापार (ग्रस कलेक्सन) गरेको छ ।

    Post Views: 123
    प्रकाशित मिति: २०८२ आश्विन १५, बुधबार ११:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.