• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत ‘सुन्तली माई’ सार्वजनिक

  •  कलाशैली संवाददाता
  • २०८२ आश्विन ११, शनिबार ०८:४३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । दसैँको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शन हुने फिल्म ‘हरिबहादुरको जुत्ता’को नयाँ गीत ‘सुन्तली माई’ सार्वजनिक गरिएको छ । समीक्षा अधिकारी र मोहितवंश आचार्यको स्वरमा रहेको यो गीतमा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको सङ्गीत, कुशल सिंहको सङ्गीत संयोजन र श्याम श्वेत रसाइलीको मिक्सिङ/मास्टरिङ छ ।

    गीतको भिडियोमा आर्यन सिग्देल, प्रकाश सपूत, वर्षा राउतलगायतका कलाकार फिचर्ड छन् । फिल्मको कथासँग मेल खाने यो भिडियोमा प्रमुख कलाकारहरूको प्रस्तुति पनि समावेश छ । गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी छ भने कृष्ण बहादुर थापाले छायाङ्कन र नहकुल खड्काले सम्पादन गरेका छन् ।

    दीपेन्द्र के खनालद्वारा निर्देशित यो फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपूत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ । फिल्म दसैँको फूलपाती (असोज १३) बाट प्रदर्शनमा आउँदैछ ।

    एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्मित यो फिल्म सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन् । कृष्ण बहादुर थापाले छायाङ्कन गरेको फिल्मलाई नहकुल खड्काले सम्पादन गरेका छन् । वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपूतको सङ्गीत रहेको फिल्ममा आशिष अविरल, समीक्षा अधिकारी, मोहितबंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर सुन्न सकिन्छ ।

    Post Views: 162
    प्रकाशित मिति: २०८२ आश्विन ११, शनिबार ०८:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.