• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘बलिदान’ लाई कति खतरा होला ‘कान्तारा : च्याप्टर १’ ?

  •  कलाशैली संवाददाता
  • २०८२ आश्विन १०, शुक्रबार १५:३२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आगामी दसैँलाई लक्षित गर्दै फूलपातीदेखि तीन नयाँ नेपाली फिल्म प्रदर्शन हुने घोषणा गरिएको छ । उक्त मितिमा प्रदर्शन घोषणा गरिएको मध्ये चर्चामा रहेको फिल्म मध्येको एक हो, ‘बलिदान’ । अघिल्लो वर्ष विसं २०८१ मा दसैँमा प्रदर्शन भएको फिल्म ‘१२ गाउँ’ ले घरेलु बजारमा २० करोडको हाराहारीमा व्यापार गरेपछि डेब्यु अभिनेता समीर भट्ट एकाएक चर्चामा आए ।

    समीरको स्टारडमले काम गरेको भन्ने भएपछि ‘बलिदान’ मा उनी मुख्य भूमिकामा छन् । दसैँ विदालाई नै रोज्नुको कारण फिल्म ठीकठाक भएपनि व्यापार राम्रो हुने अपेक्षा निर्माण पक्षको छ । त्यसो त अपेक्षा गरिएको वा राम्रो फिल्म एकल डेटमा आउँदा शो सङ्ख्यासहित विविध फाइदा हुन्छ । तर, यहाँ निर्मातालाई विदाको लाभ लिनु छ । फिल्मको रिभ्यू जस्तो आएपनि विदाले घाटा हुन् दिदैन भन्ने सोच मेकर्समा हावी हुँदा दसैँमा फिल्मको भिडभाड बढिरहेको छ ।

    दसैँमा प्रदर्शन हुने ‘बलिदान’ लाई सन्तोष सेनले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्मको विषयवस्तु कम्जोर भएता पनि सन्तोषले आफ्नो फिल्मलाई चर्चामा ल्याउन सफल भएको पछिल्ला उदाहरण छन् । यसपटक पनि उनले दक्षिण भारतीय फिल्मबाट प्रभावित भएर ‘बलिदान’ तयार गरेका छन् । उनले कन्टेन्ट भन्दा पनि फिल्मको चर्चामा बढी ध्यान दिन्छन् । त्यसैले उनको फिल्मको सुरुआती व्यापार आक्रामक भएपनि विस्तारै घट्दै जान्छ । सन्तोष लगानी गर्न नहिच्किचाउने निर्माता भएपनि उनले आफूलाई निर्देशनमा प्रमाणित गर्न सकेका छैनन् ।

    सन्तोषले ‘केजीएफ’ कै दृश्यलाई ‘बलिदान’ मा उतार्न खोजेका छन् । सार्वजनिक ट्रेलरमा उनले दक्षिण भारतीय फिल्मको शैली ल्याउन खोजेता पनि प्रस्तुतीकरणमा चुकेका छन् । फलत: फिल्मले सुरुआती व्यापार आक्रामक गरेता पनि दर्शक सन्तुष्ट भएनन् भने त्यहि रफ्तारमा व्यापार घट्ने सम्भावना हुन्छ । दसैँमा स-परिवार फिल्म जाने प्रचलनमा यो फिल्म हिंसात्मक देखिएकाले पारिवारिक रोजाईमा पर्छ की पर्दैन ? यो भने हेर्न बाँकी छ ।

    यसको अवरोध बन्न सक्छ, दक्षिण भारतीय फिल्म ‘कान्तारा : च्याप्टर १’ । यी दुई फिल्मका दर्शक लगभग समान्तर नै हुन् । ‘कान्तारा’ को सफलता पश्चात तयार भएको फिल्म नेपाल भित्रिएको छ । दक्षिण भारतीय फिल्मको स्वाद लिने दर्शकका लागि ‘कान्तारा : च्याप्टर १’ प्रतिक्षित छ । यी दुई फिल्म तीन दिनको फरकमा नेपालमा प्रदर्शन हुनेछ । द्वन्द्व प्रधान र हिसंक प्रस्तुतीकरण रुचाउने दर्शकका लागि रोजाई हुनेछ ।

    दसैँमै प्रदर्शन हुने दुई फिल्म ‘हरिबाहदुरको जुत्ता’ र ‘माइतीघर’ सामाजिक विषयवस्तुमा बनेका छन् । सामाजिक परिवेश र पारिवारिक कथा भएकाले यी फिल्म हेर्न स-परिवार जाने सम्भावना छ । यद्यपि, यी दुई फिल्म द्वन्द्व रुचाउने दर्शकको रोजाईमा भने नपर्न सक्छ । केहि वर्ष यता चाडपर्वमा नेपाली फिल्म नै दर्शकको रोजाईमा पर्दै आइरहेका छन् । त्यसमा पनि पारिवारिक विषयमा बनेका फिल्ममा दर्शकको उपस्थिति देखिएको छ । यो दसैँले के गर्छ यो भने हेर्न बाँकी छ ।

    Post Views: 215
    प्रकाशित मिति: २०८२ आश्विन १०, शुक्रबार १५:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.