• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

सलमानको फिल्ममा अनुप

  •  कलाशैली संवाददाता
  • २०८२ आश्विन ४, शनिबार १५:०६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली अभिनेता अनुपविक्रम शाहीले बलिउडमा आफ्नो डेब्यू फिल्म ‘ब्याटल अफ गलवान’ गर्ने भएका छन् । सलमान खानको मुख्य भूमिकामा बनिरहेको यो फिल्मको पहिलो सेड्युल लद्दाखमा सम्पन्न भएको हो । अपूर्व लाखियाको निर्देशनमा सलमान खान फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यो प्रोजेक्टले अनुपको बलिउडको बाटो खुल्ला गरेको हो ।

    अनुपले सामाजिक सञ्जालमार्फत यो खुसीको खबर साटेका छन् । उनले लेखेका छन्, ‘सलमान खान सरसँग एसकेएफ फिल्म्सद्वारा निर्मित र अपूर्व लाखिया सरद्वारा निर्देशित, लद्दाखमा मेरो डेब्यू बलिउड फिल्मको पहिलो तालिका पूरा गर्न पाउँदा साँच्चै सम्मानित र कृतज्ञ महसुस गर्दैछु । अगाडिको यात्राको लागि उत्साहित छु।’

    यो पोस्टले उनको उत्साह र सलमानसँगको सहकार्यप्रतिको कृतज्ञता झल्काउँछ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सलमान खान पनि यो सेड्युल पूरा गरी मुम्बई फर्किएका छन् । फिल्मको कथा सन् २०२० जुन १५ मा लद्दाखको गलवान घाँटीमा भारतीय र चिनियाँ सेनाबीच भएको झडपमा आधारित छ । यो घटनाले दुई देशबीचको सीमा तनावलाई प्रतिबिम्बित गर्दै सैनिक वीरताको कथा बुन्ने अपेक्षा गरिएको छ ।

    सलमानले फिल्ममा सैनिक अधिकारीको भूमिका निर्वाह गरेका छन्, जसले उनको एक्सन इमेजलाई थप मजबुत बनाउनेछ । सन् २०२६ मा प्रदर्शन हुने यो फिल्मलाई बलिउडका प्रतीक्षित प्रोजेक्टमध्ये एक मानिएको छ ।

    Post Views: 169
    • Anoop Bikram Shahi
    • Battle Of Galwan
    • Bhesh Raj Karki News Ficson
    • Salman Khan
    प्रकाशित मिति: २०८२ आश्विन ४, शनिबार १५:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    तीनै फिल्मको अपेक्षाभन्दा कम व्यापार
    असोज १५ : ‘राष्ट्रिय फिल्म दिवस’
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.