• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘हरिबहादुरको जुत्ता’ किन हेर्ने ?

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र २०, शुक्रबार २१:४६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म ‘हरिबहादुरको जुत्ता’ दसैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउँदै छ । टेलिभिजनको पर्दामा हरिवंश आचार्यको लोकप्रिय पात्र हरिबहादुर अब ठूलो पर्दामा देखा पर्दैछन् । यो पात्र हरेक पुस्ताका दर्शकमाझ परिचित छ, जसले गर्दा फिल्मप्रति दर्शकमा उत्साह देखिन्छ । रमाइलो र पारिवारिक कथावस्तुले भरिएको यो फिल्म दसैँको रमझममा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । यसले बक्स अफिसमा राम्रो प्रभाव पार्ने अनुमान छ ।

    फिल्मको प्रचार सामग्रीले पनि दर्शकको ध्यान खिचेको छ । पोस्टर, गीत र टिजरलाई दर्शकले खुब रुचाएका छन् । सामाजिक सञ्जालमा फिल्मका गीतका क्लिपहरू भाइरल बनेका छन् । दुई हप्ताअघि सार्वजनिक ‘बेला बितेसी’ गीतलाई युट्युबमा २६ लाखभन्दा बढी पटक हेरिएको छ भने २ लाख ५० हजार टिकटक भिडियो बनेका छन् । त्यस्तै, ‘ढाका टोपी शिरैमा’ गीतलाई तीन दिनमा १० लाखभन्दा बढी पटक हेरिएको छ ।

    यी गीतले फिल्मलाई व्यापक दर्शकमाझ पुर्‍याउन सफल भएको छ । फिल्मको सफलताका अन्य आधारहरू पनि छन् । हरिवंश आचार्यद्वारा लिखित यो फिल्ममा उनकै साथमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, किरण केसी, राजाराम पौडेल, दिव्य देवलगायतका बलिया कलाकारको अभिनय छ ।

    यी कलाकारको उपस्थितिले दर्शकको विश्वास थप बढ्ने निश्चित छ ।एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको यो फिल्म सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन् । छायांकन कृष्ण बहादुर थापाले गरेका छन् भने सम्पादन नकुल खड्काले । फिल्ममा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत छ । आशिष अविरल, समीक्षा अधिकारी, मोहितबंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वरले फिल्मको सङ्गीतलाई जीवन्त बनाएको छ।यी सबै आधारले ‘हरिबहादुरको जुत्ता’ दर्शकमाझ हिट हुने सम्भावना बलियो बनाएको छ ।

    Post Views: 305
    प्रकाशित मिति: २०८२ भाद्र २०, शुक्रबार २१:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.