• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘मैझारो’ पोस्टरमा धिरज र मिरुना

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र २०, शुक्रबार १४:४९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मैझारो’का दुई पोस्टर सार्वजनिक भएका छन् । बिहीबार निर्माण पक्षले फरक शैलीका पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।पहिलो पोस्टरमा मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुन देखिएका छन् । धिरज र मिरुना राई समुदायको पहिरनमा ढोलसहित प्रस्तुत छन् भने दिया पुन लिम्बू समुदायको ढाका साडीमा देखिएकी छन् ।

    यो पोस्टरले फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको संकेत गर्छ।दोस्रो पोस्टरमा धिरज र मिरुना प्रेमिल मुद्रामा फलैचामा छन् । धिरजले बन्चरो समातेका छन् भने मिरुना कुर्ता–सुरुवालमा उनलाई हेर्दै छिन्, जसले उनीहरूबीचको प्रेम सम्बन्ध झल्काउँछ।विल्सन विक्रम राईको लेखन र निर्देशनमा बनेको यो फिल्मले पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानव सम्बन्धलाई उजागर गर्ने प्रयास गरेको छ ।

    फिल्ममा धिरज, मिरुना र दियासँगै बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको अभिनय छ।‘तक्मे प्रोडक्सन’को ब्यानरमा बनेको फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत छ। मित्र डी गुरुङको सम्पादन रहेको फिल्ममा राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी र अनमोल गुरुङको स्वरमा गीत समावेश छन्।

    छायांकन सौरभ लामाले गरेका छन्।वितरण अधिकार आरआर फिल्म र डिजिटल स्ट्रिमिङ अधिकार ओएसआरले लिएको छ। विल्सन विक्रम राईले यो फिल्ममार्फत पहिलो पटक लेखन र निर्देशनमा डेब्यू गर्दैछन्। उनले यसअघि ‘तक्मे प्रोडक्सन’बाट फिल्म निर्माण गरिसकेका छन् ।

    Post Views: 211
    प्रकाशित मिति: २०८२ भाद्र २०, शुक्रबार १४:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.