• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘कोशेढुंगा’ ले टेरेन सेन्सर बोर्डलाई

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र १९, बिहीबार २१:३७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । हाल प्रदर्शनरत फिल्म ‘कोशेढुंगा’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को निर्देशन पालना नगरेको विषय बाहिरिएको छ । यो विषय सार्वजनिक भएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डलाई पत्राचार गरी अनुगमन र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाका अधिकृत विशाल भण्डारीले भदौ १७ गते पठाएको पत्रमा उल्लेख भएअनुसार ‘श्री नरदेवी फिल्म्स् प्रा.लि.’द्वारा निर्मित नेपाली भाषाको फिल्म ‘कोशेढुंगा’ले सेन्सर बोर्डको निर्णय पालना नगरेको गुनासो प्राप्त भएको उल्लेख छ ।

    सेन्सर बोर्डले २०८२/०५/११ मा फिल्म जाँच गर्दा समाजमा अश्लील लाग्ने संवाद र शब्दहरू हटाएर सबै उमेर समूहका दर्शकका लागि सार्वजनिक प्रदर्शनको अनुमति दिएको थियो । तर, फिल्मले यो निर्णय पालना नगरेको बुझिएपछि मन्त्रालयले चलचित्र विकास बोर्डलाई अनुगमन गरी सेन्सर बोर्डको निर्देशनअनुसार प्रदर्शन व्यवस्था मिलाउन र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।

    मन्त्रालयको पत्र भदौ १७ गते नै चलचित्र विकास बोर्डमा २ सय १३ नम्बरमा दर्ता भएको छ । तर, बोर्डले हालसम्म यस विषयमा कुनै प्रक्रिया अगाडि बढाएको देखिएको छैन । यो विषयले फिल्म उद्योगमा सेन्सर नियमको पालना र अनुगमनको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।

    Post Views: 244
    प्रकाशित मिति: २०८२ भाद्र १९, बिहीबार २१:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.