• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

प्रिमियरमा रुचाईयो ‘रिमै’

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र १८, बुधबार २३:४४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आगामी शुक्रबार भदै २० देखि प्रदर्शन हुने फिल्म ‘रिमै’ को बुधवार साँझ आयोजित प्रिमियरमा प्रसंशा भएको छ । गुरुङ समुदायको कला र संस्कृतिलाई देखाईएको फिल्मलाई निम्तालुले तारिफ गरेका छन् । गुरुङ संस्कृति बुझ्ने दस्तावेजको रुपमा तयार भएको फिल्म हेर्नेले यसलाई तारिफ गरेका छन् । गुरुङ संस्कृति बुझ्न गैर गुरुङलाई पनि उपयोगी फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कविता आले, गौमाया गुरुङ, अर्पण थापा लगायतको अभिनय रहेको छ । गुरुङ समुदायको सांस्कृतिक झाँकी प्रस्तुत गरेर सुरू भएको प्रिमियर हेरेपछि निम्तालु अतिथिले फिल्म युनिटलाई बधाई दिएका थिए ।

    कलाकार विल्सन विक्रम राईले गुरुङ संस्कृतिलाई नजिकबाट चिन्न पाएको बताए । उनले भने,’यो फिल्मले हामीलाई संस्कृतिसँग जोडेको छ । यो आउँदो पुस्ताका लागि दस्तावेज बन्नेमा म विश्वस्त छु । हामीले हलमा विताएको समयमा एउटा गाउँमा पुगेर ती पात्रलाई महसुस गर्न पायौं ।’

    कलाकार राई झैँ पुस्कर गुरुङले पनि फिल्मको माध्यमले आफू संस्कृतिसँग नजिक हुन् पाइरहेको बताए । ‘म ब्राह्मण, क्षेत्रीको समुदायमा हुर्किएको गुरुङ । मैले राम्रोसँग गुरुङ भाषा बोल्न जानेको छैन, नत संस्कृतिसँग नजिक छु । तर, विस्तारै फिल्ममा निर्वाह गर्ने पात्रले मलाई संस्कृतिसँग जोडेको छ’, उनले भने ।

    अभिनेता दयाहाङ राईले फिल्म नयाँ पुस्ताले हेर्नै पर्ने बनेको बताए । उनी ‘रिमै’ आउँदो केही वर्षमा गुरुङ समुदायलाई बुझ्ने दस्तावेजको रुपमा प्रयोग हुने र नयाँ पुस्तालाई देखाइनेमा विश्वस्त छन् । खिलबहादुर गुरुङद्वारा निर्देशित यो फिल्म गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । फिल्ममा वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरुङ, टेक गुरुङ, साथै बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।

    फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् भने छायांकन शैलेन्द्रध्वज कार्कीले गरेका छन् । वीरवल घले कार्यकारी निर्माता रहेको यो फिल्ममा टीका गुरुङ, जितयात्री गुरुङ र दुनबहादुर घले निर्माता छन् । बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको भूमिकामा छन् । ‘रिमै’ शुक्रबारदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउने भएको छ । यसको अग्रिम टिकट खरिद तथा बुकीङको सुविधा प्रदर्शकले दिईसकेका छन् ।

    Post Views: 219
    प्रकाशित मिति: २०८२ भाद्र १८, बुधबार २३:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.