कलाशैली संवाददाता । आगामी असोज ३ गते रिलिज हुने फिल्म ‘जारी-२ : सङ अफ च्याब्रुङ’ नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘अम्लारी फूल’ बोलको गीतमा फिल्मका कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् । यी दुइ बीचको प्रेमका भिन्न भिन्न आयामलाई गीतको श्रव्यदृश्यमा प्रस्तुत गरिएको छ । सुशान्त गौतमको संगीत रहेको गीतमा सुष्मा सिग्देलका शब्द, अभिज्ञा घिमिरे र विकास लिम्बुको स्वर छ ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा ‘जारी’ सकिएपछिको घटनाक्रमलाई निरन्तरता दिईएको छ । रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङको निर्माणमा तयार भएको फिल्ममा विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखु लगायतको अभिनय रहेको छ ।





