• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

दर्शक हराएको फिल्म !

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र १८, बुधबार १३:२५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । ‘जनै हराएको मान्छे : सम्बन्धका धागहरू’ लाई लिएर निर्माता तथा निर्देशक विश्वस्त थिए । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ का अभिनेता विजय बराललाई लिएर फिल्म निर्माण गरेको कारण निर्देशक हिमाल न्यौपाने ढुक्क झैँ देखिए । तर, विस्तारै फिल्मको कन्टेन्ट सार्वजनिक हुन् थालेपछि र दर्शक आकर्षण कम देखिएकोपछि उनी केही आत्तिए ।

    नामलाई विवादमा ल्याएर प्रचार गर्ने फन्डा असफल भएपछि दर्शक रुवाउने फिल्मको रुपमा प्रचार गरेको फिल्म हेर्न नै हलसम्म आएनन् । फलत: निर्देशक न्यौपानेले डेब्यु फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागहरू’ मै असफल निर्देशकको ट्याग पाएका छन् । यो फिल्मले प्रदर्शनको १२ औं दिनसम्म अपेक्षाभन्दा न्यून कमाइ गरेको देखिएको छ । मंगलबारसम्म सिनेपाः बक्सअफिसमा यो फिल्मको कमाइ १ करोड १० लाख रुपैयाँ ग्रस छ ।

    यो फिल्म ६ भदौमा ‘माग्ने राजा’ र ‘ताराहरू’सँगै रिलिजमा आएको थियो । ‘ताराहरू’ मा दर्शक नदेखिएपछि प्रदर्शकले पहिलो सातामै हलबाट उतै । तर, केदार घिमिरेको शिर्ष भूमिका रहेको फिल्म ‘माग्ने राजा’ भने दर्शकको रोजाईमा पर्यो । फिल्मले ४ करोड ९ लाख रुपैयाँको ग्रस व्यापार गर्न सफल भयो । तर, निर्देशक न्यापानेको हकमा भने ‘दर्शक हराए’ ।

    निर्देशक न्यौपाने निर्देशित यो फिल्ममा विजयसहित मिरुना मगर र केकी अधिकारीको पनि शीर्ष भूमिका छ । निर्देशक न्यौपानेले नत फिल्म समीक्षकको राम्रो समीक्षा पाउन सके नत अभिनेता बराल लगायतको कलाकारको स्टारडमको नै प्रयोग गर्न सके । दर्शक रुवाउँदा फिल्म चल्छ भन्ने मान्यता अनुसार फिल्म निर्माण गर्दा दर्शकले साथ् दिएनन् र फिल्म हेरेका दर्शकले अन्यलाई सिफारिस गरेनन् ।

    Post Views: 271
    प्रकाशित मिति: २०८२ भाद्र १८, बुधबार १३:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.