कलाशैली संवाददाता । भारतीय ब्लकबस्टर फिल्म ‘सैयारा’ अभिनेत्री अनीत पड्डाले नेपाल घुमघाम गरेकी छिन् । अमेजन प्राइम भिडियोको सिरिज ‘बिग गर्ल्स डन्ट क्राइ’की सह-कलाकार नेपाली अभिनेत्री तथा सोसल मिडिया इन्फ्लुएन्सर ल्हाकिलासँग अनित काठमाडौंको रमणीय ठाउँहरूको भ्रमणमा व्यस्त छिन् ।
ल्हाकिलाले आफ्नो सोसल मिडियामा बौद्ध स्तूपदेखि कराओकेमा रमाइलो गरेको र सडकमा हिँडिरहेको आकर्षक फोटो तथा भिडियो सेयर गरेकी छिन् । ‘सैयारा’को अपार सफलतापछि अनित अहिले घुमघाममा रमाइरहेकी छिन् । उनको आगामी प्रोजेक्टको कुरा गर्दा, ओटीटी सिरिज ‘न्याय’ रिलिजको तयारीमा छ । साथै, मनीष शर्माको एक रोमान्टिक फिल्ममा पनि उनले अभिनय गर्ने चर्चा छ ।





