• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

यस्तो बन्यो ‘हर्ष’को पोस्टर

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र १६, सोमबार १३:०५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । निर्देशक एकता पौडेलको पहिलो फिल्म ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मङ्सिर १२ गतेलाई प्रदर्शन तय गरिएको फिल्मको सार्वजनिक दुवै पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ । पहिलो पोस्टरमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री वर्षा राउत र शर्मिला मल्ललाई फिल्मको नामअनुरूप हर्षित भावमा मिठो मुस्कानसहित देख्न सकिन्छ भने सन्तोष पन्तलाई असन्तुष्ट भावमा छड्के नजरले हेरिरहेको देखाइएको छ ।

    यो पोस्टरमा खगेन्द्र र वर्षालाई छोरासँग रमाइरहेको दृश्यमा प्रस्तुत गरिएको छ, जहाँ छोराको भूमिकामा बालकलाकार साइमन वादी छन् । दोस्रो पोस्टरमा पनि खगेन्द्र र वर्षालाई मिठो मुस्कानमा देख्न सकिन्छ । नेपथ्यमा सम्भवतः फिल्मको गीतको दृश्यमा सन्तोष पन्तसँगै विशाल पहारी, लुनिभा तुलाधर, माओत्से गुरुङ र अंशु महर्जन नाचिरहेको र रमाइरहेको देखिन्छ । यो पोस्टरमा बालकलाकार साइमलाई बालकृष्णको पहिरनमा प्रस्तुत गरिएको छ भने अभिनेता नीर शाहलाई गम्भीर भावमा देखाइएको छ ।

    सार्वजनिक दुवै पोस्टरले पारिवारिक जीवनका उतारचढावको कथा प्रस्तुत गर्ने स्पष्ट संकेत गर्छन् । लामो समयपछि दर्शकले पारिवारिक ड्रामा हेर्न पाउने अपेक्षा गरिएको छ । निर्देशक एकता पौडेलले आफ्ना दिवंगत मामा निर्देशक शिव रेग्मीको पदचाप पछ्याउदै फिल्म निर्देशनमा डेब्यु गर्दैछिन् । न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्म मेकिङ र आमसञ्चारमा स्नातक तथा व्यवस्थापन र नेतृत्वमा स्नातकोत्तर गरेकी पौडेलले यसअघि केही छोटा फिल्महरू निर्माण गरिसकेकी छन् ।

    चितवनमा पूर्ण रूपमा छायांकन गरिएको यो फिल्म हाल पोस्ट-प्रोडक्सनको चरणमा छ । पौडेलले आफू र आफ्नो टिमले ‘हर्ष’लाई उत्कृष्ट रूपमा प्रस्तुत गर्ने बताउँदै आएकी छन् । फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहारी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित र बालकलाकार साइमन वादीको अभिनय रहेको छ ।

    अष्टलक्ष्मी प्रोडक्सन्स र ई-प्राइम मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्मको कथा निर्देशक पौडेल आफैंले लेखेकी हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन, समीर/हिमाल, वसन्त सापकोटा र एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।

    निर्मातामा प्रशन्न पौडेल र विकास पौडेल छन् भने हिक्मत चोखल कार्यकारी निर्माता छन् । फिल्ममा स्वर्गीय शिव रेग्मी, डा. कृष्णहरी बराल, पवित्रा घिमिरे र नीरकमल खड्काको शब्द रचना छ ।

    Post Views: 324
    प्रकाशित मिति: २०८२ भाद्र १६, सोमबार १३:०५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    दसैँमा गुञ्जिन्छन् यी गीतहरू
    तीनै फिल्मको अपेक्षाभन्दा कम व्यापार
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.