• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ठूलो पर्दामा देखिए ‘हरि बहादुर’

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र ११, बुधबार १६:२५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । कलाकार हरिवंश आचार्यको चर्चित पात्र ‘हरि बहादुर’ फेरि दर्शकमाझ आएको छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको हरि बहादुर पात्रले दर्शकको मन जितेको थियो । तर, लामो समयदेखि सानो पर्दा र रङ्गमञ्चमा हराइरहेका हरि बहादुर अब ठूलो पर्दामा दर्शकलाई भेट्न आउँदैछन् । आगामी दसैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘हरि बहादुरको जुत्ता’ मार्फत दर्शकले आफ्नो प्रिय पात्रलाई पुनः भेट्ने अवसर पाउनेछन् । फिल्मको टिजर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्म हरि बहादुरकै पात्रमा केन्द्रीत रहेको प्रस्ट्याएको छ ।

    सार्वजनिक टिजरमा जेलबाट छुटेका हरि बहादुरले समाजमा आफ्नो पुनर्स्थापनाका लागि गर्ने सङ्घर्षलाई देखाईएको छ । हास्य र सामाजिक सन्देशको अनुपम सङ्गमका रूपमा चिनिएको यो फिल्ममा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाललगायतको अभिनय रहेको छ ।

    फिल्मको निर्देशन दीपेन्द्रकुमार खनालले गरेका छन् भने निर्मातामा मोहितवंश आचार्य र सरोज ओली छन् ।‘हरि बहादुरको जुत्ता’ ले दर्शकलाई हाँसो, मनोरञ्जन र सामाजिक सन्देशको संयोजनमार्फत पुरानो सम्झना ताजा गराउने अपेक्षा गरिएको छ ।

    एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्मित यो फिल्ममा छायांकन कृष्ण बहादुर थापा र सम्पादन नकुल खड्काले गरेका छन् । सङ्गीतमा बसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको योगदान छ । आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईंको स्वर फिल्ममा समावेश छ ।

    Post Views: 229
    प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार १६:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.