• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

विजयलाई लिएर ‘जिरो डिग्री’ घोषणा

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र ९, सोमबार १५:१८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । ‘बेहुली फ्रम मेघौली’ फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका निर्देशकद्वय सजन काफ्ले र आकास बरालले नयाँ फिल्म ‘जिरो डिग्री’ निर्माण गर्ने भएका छन् । मेघौली फिल्म्सको ब्यानरमा बन्ने यो फिल्मको घोषणा सोमबार मिनिमल पोस्टर सार्वजनिक गर्दै गरिएको हो । फिल्मको कथा राजन भुसालले लेखेका छन् भने पटकथा र संवाद निर्देशकद्वय काफ्ले र बरालले तयार पारेका छन् ।

    ‘जिरो डिग्री’ सडक नभएको गाउँमा मातापिताको निधन हुँदा विदेशमा रहेका छोराछोरी आइपुग्नुअघि शव जोगाउन डीप फ्रिज बोकेर गाउँ पुर्‍याउँदा उत्पन्न हुने परिस्थितिमा केन्द्रित छ । यो फिल्म ‘लाइट कमेडी’ शैलीमा बन्ने निर्देशकले बताएका छन् । मुख्य भूमिकामा अभिनेता विजय बराल देखिनेछन् । ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेको पोस्टरमा डीप फ्रिजलाई केही व्यक्तिहरूले खोला तार्दै गरेको दृश्य छ ।

    परम्परागत रूपमा कलाकारको अनुहार वा ठूला दृश्य राख्ने चलनविपरीत कथाको मुख्य वस्तु डीप फ्रिजलाई पोस्टरमा केन्द्रमा राखिएको छ । फिल्मका कार्यकारी निर्माता मोती कार्की हुन् । ‘जिरो डिग्री’को छायाङ्कन तिहारपछि सुरु हुनेछ र अर्को वर्ष प्रदर्शन गर्ने लक्ष्य छ ।

    Post Views: 175
    प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार १५:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.