• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘हरिबहादुरको जुत्ता’को पहिलो गीत ‘बेला बितेसी’ सार्वजनिक

  •  कलाशैली संवाददाता
  • २०८२ भाद्र २, सोमबार २२:१७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आगामी दसैँलाई लक्षित गर्दै प्रदर्शन हुने फिल्म ‘हरिबहादुरको जुत्ता’को पहिलो गीत ‘बेला बितेसी’ सार्वजनिक भएको छ । प्रकाश सपुत र समीक्षा अधिकारीको स्वरमा सजिएको यो गीतमा प्रकाश सपुतकै शब्द र सङ्गीत छ भने श्याम स्वेत रसाइलीको मिक्सिङ/मास्टरिङ छ । गायक तथा सर्जक सपुतले यो गीतमार्फत आफ्नो मौलिकताको झल्को दिएका छन् ।

    मौसम हिमालीको कोरियोग्राफीमा बनेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काको रोमान्टिक प्रेम देख्न सकिन्छ । भिडियोलाई पवन सुस्लिङले खिचेका छन् । यसअघि सार्वजनिक फिल्मको पोस्टरले दर्शकको ध्यान तानिसकेको छ । रोमान्टिक शैलीको यो गीतले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।

    दीपेन्द्र के. खनालद्वारा निर्देशित यो फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ । फिल्म दसैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउनेछ ।

    एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको यो फिल्म सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । कृष्ण बहादुर थापाले खिचेको फिल्मलाई नकुल खड्काले सम्पादन गरेका छन् । फिल्ममा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको सङ्गीत छ भने आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंशआचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर सुन्न सकिन्छ ।

    Post Views: 118
    प्रकाशित मिति: २०८२ भाद्र २, सोमबार २२:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    दसैँमा गुञ्जिन्छन् यी गीतहरू
    तीनै फिल्मको अपेक्षाभन्दा कम व्यापार
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.