• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

अनमोलको अंगालोमा आँचल

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण २९, बुधबार २२:४९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आगामी तिहारको अवसरमा असोज ३१ बाट प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’ को निर्माण टिम गीत छायांकनका लागि भारतको जयपुर पुगेको छ । निर्माता, निर्देशक र कलाकारसहितको टिम हाल राजस्थानमा गीतको छायांकनमा व्यस्त छ । निर्माता सरोज न्यौपाने, निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मासहितको टिम जयपुर पुगेको हो । कथाको मागअनुसार आवश्यक दृश्य खिच्न जयपुर छनोट गरिएको निर्माता न्यौपानेले बताए ।

    प्राप्त तस्बिरमा अनमोल र आँचल रोमान्टिक अवतारमा देखिएका छन् । टिमले एक गीतको छायांकन सकेर शनिबार नेपाल फर्कने योजना बनाएको छ । अनन्या फिल्म्स प्रालीको ब्यानरमा बनेको यो फिल्मको पोस्टर केही हप्ताअघि सार्वजनिक भएसँगै निर्माण टिम प्रचारमा जुटेको छ । असोज ३१ मा ‘जेरी अन टप’ सोलो रिलिज हुने तय भएको छ ।

    फिल्ममा अनमोल र आँचलसँगै जसिता गुरुङ, चर्चित हास्य अभिनेता केदार घिमिरे ‘माग्नेबूढा’, भुवन केसी, सुरक्षा पन्त र उषा खड्कीको प्रमुख अभिनय छ । रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले निर्माता न्यौपानेसँग लगानीमा साझेदारी गरेका छन् । कथा हेमराज बीसीको हो भने कार्यकारी निर्मातामा अनुराधा गिरी र ईश्वर श्रेष्ठ, एसोसिएट निर्मातामा नवीन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् ।

    फिल्मको संगीत कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र बृजेश श्रेष्ठले दिएका छन् । विश्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीको छायांकन छ । हङकङको एलजी एसोसिएट्सले फिल्मको (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ भने नेपालमा रीच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् ।

    Post Views: 229
    • Aanchal Sharma
    • Anmol Kc
    • Jerry On Top
    • Kala Saili
    प्रकाशित मिति: २०८२ श्रावण २९, बुधबार २२:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.