• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘सुख दुःख’ मा दीपराज अनुबन्धित

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण २४, शुक्रबार १५:३६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । भारतीय फिल्म ‘साथिया’ बाट सहायक अभिनेताका रूपमा आफ्नो करियर सुरु गरेका बलिउड अभिनेता दीपराज राणा नेपाली फिल्म ‘सुख दुःख’ मा अभिनय गर्ने भएका छन् । उनलाई फिल्मकी अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको टिमले अनुबन्ध गरेको हो ।

    ‘सिंघम रिटर्न्स’, ‘प्रेम रतन धन पायो’, ‘दबङ ३’ र पछिल्लो समय ‘मेट्रो इन डिनो’, ‘बिल्ली उस्ताद’, ‘सितारे जमीन पर’ जस्ता फिल्ममा अभिनय गरिसकेका दीपराजले यसअघि स्व. श्रीकृष्ण श्रेष्ठको ‘कोहिनूर’ मा पनि अभिनय गरेका थिए । त्यसको लामो समयपछि उनी पुनः नेपाली फिल्ममा देखिन लागेका हुन् ।

    नीताको निर्देशनमा बन्ने फिल्मको कथा मन परेकाले आफू यसमा काम गर्न इच्छुक भएको दीपराजले बताए । निर्माण पक्षका अनुसार, फिल्मको कथा सुनेपछि दीपराज भावुक बनेका थिए। यद्यपि, उनको भूमिकाबारे भने अहिले कुनै खुलासा गरिएको छैन । आगामी फागुनदेखि छायांकन सुरु गर्ने तयारीमा रहेको यस फिल्ममा हालै अभिनेत्री विपना थापालाई पनि अनुबन्ध गरिएको छ । यसअघि नीता र विपनाले फिल्म ‘ह्रस्वदीर्घ’ मा सहकार्य गरिसकेका छन् ।

    दीपराज र विपनाबाहेक मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ पनि यस फिल्ममा अनुबन्धित भइसकेका छन् । अन्य कलाकारहरूबारे भने निर्माण टिमले खुलासा गरेको छैन । फिल्मको छायांकनका लागि चर्चित भारतीय छायाकार कवीरलाल र शाहिदलाललाई अनुबन्ध गरिएको छ । नीता फिल्म्सको ब्यानरमा बन्ने यो फिल्म आगामी वर्ष दसैँको फूलपातीबाट प्रदर्शनमा आउने तयारीमा छ ।

    Post Views: 241
    प्रकाशित मिति: २०८२ श्रावण २४, शुक्रबार १५:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.