• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘अञ्जिला’ को अस्ट्रेलियामा प्रिमियर हुने

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण २४, शुक्रबार १५:२८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली महिला फुटबल टिमकी गोलरक्षक तथा पूर्व कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । यो फिल्मको प्रिमियर आउँदो अगस्ट २३ तारिखमा सिड्नीमा हुँदैछ । गत जुलाई ३० मा एडिलेडबाट सुरु भएको प्रदर्शन अब सिड्नी, न्युक्यासल, ब्रिसबेन, मेलबर्न लगायतका सहरमा पनि हुनेछ । खेलाडी सुब्बाका गडफादरका रूपमा परिचित निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले यसको जानकारी दिएका हुन् ।

    निर्माता श्रेष्ठले नेपालमा प्रदर्शन हुँदा केही कारणले फिल्म अस्ट्रेलियामा ल्याउन नसकिएको बताए । उनले भने, ‘नेपालसँगै विश्वभरबाट पाएको मायासँगै यहाँ अस्ट्रेलियामा रहनुभएका खेलाडी र दर्शकले फिल्मबारे धेरै जिज्ञासा राख्नुभएको थियो । अन्ततः म फिल्म लिएर यहाँ आएको छु, अब विभिन्न सहरमा फिल्म प्रदर्शन गर्ने हाम्रो तयारी रहेको छ ।’

    नेपालमा प्रदर्शनको सय दिन पूरा गरेको यो फिल्म सिड्नीको अबर्नमा रहेको रिडिङ सिनेमामा अगस्ट २३ मा साँझ ६ बजे प्रिमियर हुँदैछ । स्थानीय पाल्पा इन्टरटेनमेन्टले सिड्नीमा पहिलोपटक यो फिल्मको प्रदर्शनी गर्न लागेको हो । दर्शकहरूले ३५ डलरको टिकट खरिद गरेर फिल्म हेर्न सक्नेछन् ।

    मिलन चाम्स को निर्देशनमा तयार भएको यो फिल्म खेलाडीको विषयमा बनेको पहिलो सफल नेपाली फिल्म हो । फिल्ममा खेलाडी सुब्बासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमिन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । निर्माता श्रेष्ठले फिल्म प्रदर्शनको मुख्य उद्देश्य ‘अञ्जिलाको आफ्नै घर’ अभियानलाई सहयोग गर्नु रहेको बताएका छन् ।

    Post Views: 226
    प्रकाशित मिति: २०८२ श्रावण २४, शुक्रबार १५:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.