• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

यस्तो छ पलको ‘मोहर’ ट्रेलर

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण ११, शनिबार १२:१८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । सस्पेन्स, थ्रिलर, प्रेम, विछोड र बदलाको कथामा आधारित फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक गरिएको छ । साउन २३ गतेबाट प्रदर्शनमा आउने यो फिल्म फिल्म मेकर्स प्रा.लि.को ब्यानरमा बनेको हो । ओम प्रतिकको लेखन र निर्देशन रहेको फिल्मका निर्माता चुम्बन जंग शाही हुन्।ट्रेलरमा पल शाह, बेनिशा हमाल, नीति शाह, लक्ष्मी गिरी, अर्जुन जंग शाही र बालकलाकार सारा शर्माको अभिनय केन्द्रमा छ ।

    देउकी प्रथालाई मुख्य विषय बनाएको ट्रेलरले प्रेम, संघर्ष र सामाजिक यथार्थका उतारचढावलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको छ । पल शाहको बेनिशा र नीतिसँगको प्रेम सम्बन्धले कथालाई अर्थपूर्ण बनाएको छ । ट्रेलरले देउकी प्रथाबाट सुरु भएको कथालाई विभिन्न आरोह-अवरोहसहित अगाडि बढाएको छ, जसले दर्शकमा कौतुहलता जगाउँछ ।

    दुई गीत र टिजरले चर्चा बटुलेको अवस्थामा ट्रेलरले फिल्मप्रति थप उत्साह बढाएको छ।फिल्ममा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र बालकलाकार सारा शर्माको अभिनय छ ।

    गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यानेजर, दीपेन बस्न्यातको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर ग्रेडिङ, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत छ । ट्रेलर साहिल खानले तयार पारेका हुन् । रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र कुमार महर्जनको एक्सन रहेको छ ।

    Post Views: 252
    प्रकाशित मिति: २०८२ श्रावण ११, शनिबार १२:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.