• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

भदौ २० मा ‘रिमै’, यस्तो छ टिजर (भिडियो)

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण ११, शनिबार १२:०४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्म ‘रिमै’को टिजर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको करिब २ मिनेट लामो टिजरसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति एक हप्ता अगाडि ल्याएको छ । यसअघि भदौ २७ मा प्रदर्शन हुने भनिएको फिल्म अब भदौ २० बाट देशव्यापी रिलिज हुनेछ ।

    टिजरले रहस्यमय, रोमाञ्चक र भावनात्मक कथावस्तुको संकेत गरेको छ । ग्रामीण परिवेश, संस्कृति, प्रेम, पीडा र बदलाको झलक टिजरमा देखिन्छ । दयाहाङ राईको गम्भीर भूमिका, रिश्मा गुरुङको आत्मीय उपस्थिति, अर्पण थापाको रहस्यमय चरित्र र बुद्धि तामाङको गहिरो अभिनयले दर्शकको ध्यान खिच्ने देखिन्छ ।

    फिल्मको छायांकन र संवादले समाजका गहिरा यथार्थ प्रस्तुत गर्ने आशा टिजरले जगाउँछ । टिजरको अन्त्यमा देखिएको तनावपूर्ण दृश्यले कथामा द्वन्द्वको महत्वपूर्ण भूमिका रहने संकेत गर्छ । गुरुङ संस्कारलाई विशेष रूपमा प्रस्तुत गरिएको टिजरले दर्शकमा उत्साह पैदा गर्ने निर्माण टिमको विश्वास छ ।

    गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको फिल्ममा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय छ ।

    उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मको छायांकन शैलेन्द्र ध्वज कार्कीले गरेका छन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माता छन् । दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डी. गुरुङको सम्पादन रहेको छ ।

    Post Views: 220
    प्रकाशित मिति: २०८२ श्रावण ११, शनिबार १२:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.