• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

बोर्डलाई ६० भन्दा बढी पटकथा एकसाथ प्राप्त

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण ११, शनिबार १२:०१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । सिनेमाटोग्राफर, निर्माता तथा निर्देशक पुरुषोत्तम प्रधानले चलचित्र विकास बोर्डलाई आफ्ना ६० भन्दा बढी फिल्मका पटकथा (स्क्रिप्ट) औपचारिक रूपमा हस्तान्तरण गरेका छन् । यो कदमलाई नेपाली फिल्मको इतिहास संरक्षणको लागि महत्त्वपूर्ण योगदान मानिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले प्रधानको यो कार्यलाई ‘नेपाली फिल्मको समृद्ध इतिहास संरक्षणको लागि अमूल्य उपहार’ भन्दै प्रशंसा गरे।

    ‘पटकथा फिल्मको आत्मा हो । यी स्क्रिप्टहरूको संरक्षणले भविष्यका फिल्मकर्मीहरूलाई प्रेरणा र शोधको स्रोत प्रदान गर्नेछ’, उनले भने । हस्तान्तरित प्रमुख फिल्महरूमा छक्का पञ्जा शृङ्खला (छक्का पञ्जा, छक्का पञ्जा ३), कबड्डी शृङ्खला (कबड्डी, कबड्डी २, कबड्डी ३), लुट शृङ्खला (लुट, लुट २), नाई नभन्नु ल शृङ्खला (नाई नभन्नु ल २, नाई नभन्नु ल ४, नाई नभन्नु ल ५), लप्पन छप्पन शृङ्खला (लप्पन छप्पन, लप्पन छप्पन २) समावेश छन् ।

    यसबाहेक दासढुङ्गा, झोले, ड्रिम्स, राजा रानी, जय भोले, मायाज् वार, कृ, फिटकिरी, उमा, प्रेमगीत २, तान्द्रो, होमवर्क, थ्रि लभर, कमला, सिग्नेचर, जय होस्, ऐँचो-पैँचो, छ एकान छ, द विनर, मेरी मञ्जु, महाजात्रा, लक्का जवान, मेरो एउटा साथी छ, आई एम सरी, रातो टिका निधारमा, चपली हाइट ३, इकु, कान्छी, कार्साङ जस्ता चर्चित फिल्मका स्क्रिप्ट पनि हस्तान्तरित छन् ।

    बोर्डले सबै फिल्मकर्मीहरूलाई आफ्ना मौलिक स्क्रिप्ट, दस्तावेज र कलाकृतिहरू संरक्षणका लागि हस्तान्तरण गर्न आह्वान गरेको छ । सिनेम्याटोग्राफर प्रधान विगत ३० वर्षदेखि नेपाली फिल्म उद्योगमा सक्रिय छन् । नेपालको पहिलो पूर्ण थ्रीडी फिल्म ‘भिजिलान्ते’ लगायतका चर्चित फिल्मका सिनेमाटोग्राफर उनी हाल निर्माता, निर्देशक र प्राविधिक विशेषज्ञका रूपमा पनि कार्यरत छन् ।

    Post Views: 209
    प्रकाशित मिति: २०८२ श्रावण ११, शनिबार १२:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.