• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘गुन्युचोलो’ मा नाजिरको ठुम्का

  •  कलाशैली संवाददाता
  • २०८२ श्रावण १, बुधबार ०१:४२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्म ‘गुन्युचाेलो : द ड्रेस’को पहिलो गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक गरिएको छ । बार डान्स शैलीमा कोरियोग्राफी गरिएको उक्त गीतमा नाजिर हुसेनलाई प्रस्तुत गरिएको छ । फिल्ममा नाजिरले लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने पारालैंगिक पात्र गुलाबीको भूमिका निर्वाह गरेका छन् ।

    लेखु सहयात्रीको शब्द रचना तथा संगीत रहेको यस गीतलाई मनिषा पोखरेलले गाएकी हुन् । गीतले प्रेमले ओतप्रोत भएकी एक पात्रले मनभित्रको मायाको चाहनालाई आह्वान गरेको प्रतीत हुन्छ । सुशील सिटौललगायतका कलाकार भने गीतमा नाजिरको नृत्य र यौवनको मादकतामा झुमेको देखिन्छ ।

    युवतीको आवरणमा देखिएका नाजिरले गीतमा मन परेपछि जोवन सुम्पिन तयार रहेको भन्दै आफूलाई पनि मुटुमा सजाउन आग्रह गरेका छन् । गतवर्ष लैंगिक अल्पसंख्यकको भूमिकामा विपिन कार्कीले पनि ‘एक भगवत एक गीता’ मा अभिनय गरेका थिए । समुन्द्र भट्टको निर्देशन रहेको ‘गुन्युचोलो’ मा नाजिरलाई पारालैंगिक महिला (ट्रान्सवुमन) को भूमिकामा प्रस्तुत गरिएको छ । उक्त फिल्म भदौ १३ देखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायतको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

    नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित दाबी गरिएको यस फिल्मको अन्तर्राष्ट्रिय वितरण अमेरिकाको बफेलो एट्लेले गर्ने भएको छ । यसलाई नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त सहकार्यमा निर्माण गरिएको हो । ‘गुन्युचोलो’ मा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । आलोक शुक्लाले खिचेको ‘गुन्युचोलो’ को पटकथा स्वयं नाजिरले निर्देशक भट्टसँग मिलेर लेखेका हुन् ।

    Post Views: 431
    • Gunyocholo
    • Najir Husain
    • Samundra Bhatta
    प्रकाशित मिति: २०८२ श्रावण १, बुधबार ०१:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.