• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

केकीले कहिल्यै जित्न नसकेको राष्ट्रिय चलचित्र अवार्ड

  •  कलाशैली संवाददाता
  • २०८२ असार ३१, मंगलवार ०१:४३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । झन्डै १५ वर्षअघि फिल्म ‘स्वर’ बाट कलाकारका रुपमा छिरेकी केकी अधिकारीले पछिल्लो रिलिज भएको ३४ औं फिल्म ‘के घर के डेरा : घर नं. २’ सम्म आईपुग्दा आफ्ना फिल्मको संख्या मात्रै बढाईनन्, एक अब्बल अभिनेताका रुपमा पनि आफुलाई दरिलोगरी उभ्याएकी छन् । अझ गतवर्षको उनको फिल्म ‘बोक्सीको घर’ बाट त आँटिली निर्माता र ब्लकबस्टर्स हिट नायिका पनि बनेकी छन् ।

    यसअघि उनै केकीलाई अभागी नायिकाको ट्याग दिईन्थ्यो । कारण, उनले जति नै राम्रो अभिनय गरेपनि वा उनको कामको जति नै तारिफ भएपनि फिल्म भने असफल साबित हुँदै आएको थियो । स्वयं केकीले पनि हालैको एक कार्यक्रममा आफुलाई फ्लप फिल्मको हिट नायिका भन्ने गरेको इतिहास सुनाएकी थिइन् । तर त्यो ट्यागलाई ‘बोक्सीको घर’ ले तोडिदिएपछि उनले राहतको श्वास फेरेकी हुन् । तर पनि उनको ‘अभागी नायिका’ को ट्याग अझै हटेको भने देखिएन ।

    सोमबार राष्ट्रपति रामचन्द्र पौडेलको शितल निवासमा प्रदान गरिएको राष्ट्रिय चलचित्र पुरस्कारले उनलाई पुरानै ट्यागको स्मृतीपटमा पु¥यायो । महिला चरित्र प्रधान ‘बोक्सीको घर’ को केन्द्रिय भूमिकामा देखिएकी केकीले राष्ट्रिय चलचित्र पुरस्कारको लायक रहेको धेरैको अनुमान थियो । हुनपनि केकी स्वयंले निर्माण गरेको ‘बोक्सीको घर’ पूर्ण व्यवसायिक फिल्मको शैलीमा निर्माण नगरी बोक्सी प्रथाप्रतिको अन्धविश्वास र पितृसत्तात्मक समाजमाथिको बेजोड प्रहारमा आधारित थियो । फिल्म समीक्षात्मक र व्यवसायिक दुवै पक्षमा खरो उत्रेको थियो । तर न केकी राष्ट्रिय अवार्डको हकदार ठहरिन्, न त ‘बोक्सीको घर’ ले नै कुनै अवार्ड जित्यो ।

    सरकार मातहतको चलचित्र विकास बोर्डले बर्षेनी राष्ट्रपतिका हातबाट दिंदै आएको यस अवार्डले कम्तिमा ‘बोक्सीको घर’ लाई नोटिस गर्न सक्नुपर्ने थियो की ! खैर, यसपालीका निर्णायक समितिलाई त्यो लागेनछ, केकीले अवार्ड नपाउँदा त्यसको बाछिटाले दुई विजेतालाई भिजाएको छ । पहिलो त, केकीले उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘खुस्मा’ की उपासनासिंह ठकुरीका लागि गुमाईन् भने उनले पाउन सक्ने दोस्रो संभावित प्रोत्साहन पुरस्कार (जूरी अवार्ड) पनि ‘पूजार सार्की’ का प्रदीप खड्काले उम्काए ।

    जूरीले केकीलाई ‘बोक्सीको घर’ बाट न त अभिनयका लागि न त निर्माणका लागि भनेर प्रोत्साहन गर्न आवश्यक ठान्यो । १५ वर्षको फिल्म करिअरमा केकीलाई राष्ट्रिय चलचित्र अवार्ड जित्ने धोको सायद यसपटक मुखमा आईपुगेर पनि भुईमा खसेको जस्तो भएको हुनुपर्छ । त्यसैले पनि होला, उनले सोमबार रातिसम्म राष्ट्रिय चलचित्र अवार्डलाई आफ्नो सामाजिक सञ्जालमा ‘इन्टरटेन’ गरेको देखिएन । खैर, केकीलाई अब सान्त्वनाका लागि यति मात्रै भन्न सकियो, कर्म गर्न नछोड्नु तर फलको आशा नगर्नु !

    Post Views: 418
    • Film Development Board Nepal
    • Keki Adhikari
    • National Film Award 2082
    प्रकाशित मिति: २०८२ असार ३१, मंगलवार ०१:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.