• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित

  •  कलाशैली संवाददाता
  • २०८२ असार २४, मंगलवार २०:३२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । तक्मे प्रोडक्सन को ब्यानरमा फिल्म ‘मैझारो’ निर्माण हुने घोषणा गरिएको छ । निर्माण पक्षले अभिनेताका रूपमा धीरज मगरलाई अनुबन्ध गर्दै फिल्म निर्माणको जानकारी गराएको हो । यो फिल्मको लेखन तथा निर्देशन कलाकार विल्सन विक्रम राईले गर्नेछन्, जुन उनको निर्देशनमा डेब्यु हुनेछ ।

    बाल्यकालमा नै अभिनेता राजेश हमालको फिल्म ‘साथी’ मा अभिनय गरेका विल्सन विक्रम राईले त्यसयता दर्जनौं फिल्ममा अभिनय गरेर दर्शकको मन जितिसकेका छन् । फिल्मको छायांकन आगामी साउनको पहिलो हप्ताबाट सुरु हुनेछ । निर्देशक राईले यो फिल्मको छायांकन ईलाम र पाँचथरका रमणीय स्थानहरूमा गरिने बताए । उनका अनुसार यो सामाजिक कथावस्तुमा आधारित फिल्म पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित हुनेछ ।

    फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने सौरभ लामाले छायांकन गर्नेछन् । निर्माण टिमका अनुसार अन्य कलाकारहरूको नाम चाँडै सार्वजनिक गरिनेछ ।

    तक्मे प्रोडक्सनले यसअघि निर्माण गरेका हास्य सामग्री र सांगीतिक प्रस्तुतिहरू लोकप्रिय रहेका छन् । ‘मेरी बास्सै’ टेलिफिल्म मार्फत ‘तक्मे बुढा’ नामले चर्चामा आएका विल्सन विक्रम राईको निर्देशनमा बन्न लागेको ‘मैझारो’ प्रति दर्शक र फिल्मकर्मीहरूमा उत्साह देखिएको छ ।

    Post Views: 176
    प्रकाशित मिति: २०८२ असार २४, मंगलवार २०:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.