• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘कल्ली’ नेपालसँगै भारत र पाकिस्तानमा पनि एकसाथ रिलिज हुने

  •  कलाशैली संवाददाता
  • २०८२ असार २३, सोमबार २२:५३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आगामी फागुन १ मा प्रदर्शन निश्चित गरिसकेको फिल्म ‘कल्ली’ सोही मितिमा नेपालसहित भारत र पाकिस्तानमा पनि एकसाथ रिलिज हुने बताइएको छ । यसका लागि फिल्मलाई हिन्दी भाषामा समेत डब गरिने निर्माणपक्षले जानकारी दिएको छ ।

    फिल्मका निर्माता किरण नेपालीले दिएको जानकारी अनुसार, ‘कल्ली’ भारत र पाकिस्तानमा हिन्दी भाषामा रिलिज गरिने छ । फिल्मलाई भारतका लागि एम.के फिल्म डिस्ट्रिब्यूटर र पाकिस्तानका लागि हिप्पो फिल्मस्ले वितरण अनुमति लिएका हुन् । नेपालभर वितरणको जिम्मा काफिया र कुबेर फिल्मस्ले लिएका छन् ।

    लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भएको ‘कल्ली’ को यतिबेला पोष्ट प्रोडक्सनको काम भईरहेको छ । महेश दवाडीको पटकथा लेखन रहेको फिल्ममा सौगात मल्ल, उत्तम प्रधान, वेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायतका कलाकारहरुको अभिनय रहेको छ । यसअघि फिल्ममा पल शाहलाई मुख्य भूमिकाका लागि अनुबन्ध गर्दै फिल्मको पोष्टरसमेत सार्वजनिक गरिएको थियो । पछि पललाई सौगातले रिप्लेस गरेका हुन् ।

    लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘लोभले लाभ, लाभले विलाप’ को लोकोक्तीमा आधारित रहेको बताइएको छ । लोभ पलाएपछि मानिसको जिन्दगी कहाँबाट कहाँ पुग्छ भन्ने कथामा यो फिल्म बनेको निर्माणपक्षको भनाइ छ । फिल्ममा आशिष अविरल, सरिता राई र केतन क्षेत्रीको संगीत छ ।

    Post Views: 231
    • Benisha Hamal
    • Kalli
    • saugat malla
    प्रकाशित मिति: २०८२ असार २३, सोमबार २२:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.