कलाशैली संवाददाता । चलचित्र विकास बोर्डले आजदेखि आफ्नो ३३ वटा सेवा अनलाइनमार्फत प्रदान गरेको छ । चलचित्र दर्ता, सेन्सर सिफारिस लगायतका कामको लागि बोर्ड पुग्नु पर्ने व्यस्थाको अन्त्य भएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिएका छन् ।
बोर्डको स्थापना दिवसको अवसर पारेर असार १६ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बोर्डको अनलाइन सेवा, बक्सअफिस @ सिनेपा एप, नेपाली फिल्म ‘आमा’ को पोस्टर हुलाक टिकटमा अङ्कित गर्दै हुलाक टिकटको प्रथमदिवसीय आवरणमा टाँचा प्रदान गरेका थिए । बोर्डको २५औँ वार्षिकोत्सव मन्त्रालय र बोर्ड दुवैका लागि विशेष रहेको मन्त्री गुरुङको भनाइ थियो ।
तस्बिरहरू : कुवेर डंगोल / कलाशैली
v