• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

सौगातको क्रेज घट्यो, दयाहाङको स्थिर, विपिनको उतारचढाव, खगेन्द्रले गुमाए ९० प्रतिशत दर्शक

  •  कलाशैली संवाददाता
  • २०८२ असार १५, आईतवार १४:५७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । स्वदेशी फिल्मको समग्र व्यापार गत आर्थिक वर्ष २०८०/८१ को भन्दा चालु वर्षमा उल्लेख्य वृद्धि भयो । तर चल्तीका कलाकारका फिल्मको व्यापार भने यस वर्ष खस्केको देखियो । सर्वाधिक कमाई गर्ने फिल्महरु ‘पूर्णबहादुरको सारंगी’, ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ मा स्टार–इतरका नै थिए । गत वर्ष सर्वाधिक चलेका दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने, सौगात मल्ल र सुखद कमब्याक गरेका आर्यन सिग्देल सबैका फिल्मको चालू आर्थिक वर्षमा कमाई घटेको छ भने दर्शक पनि गुमाएका छन् ।

    यस वर्ष सर्वाधिक खराब स्थिती खगेन्द्र लामिछाने अभिनित फिल्मको देखिएको छ । गत आर्थिक वर्षमा उनका दुई फिल्म ‘पशुपतिप्रसाद २ ः भष्मे डन’ र ‘दिमाग खराब’ प्रदर्शनमा आएका थिए । दुवै फिल्मको कुल व्यापार १६ करोड ३० लाखको थियो भने खगेन्द्रलाई हेर्न गत वर्ष ५ लाख ८ हजार २ सय २२ दर्शक हलमा पुगेका थिए । त्यसो त दुवै फिल्ममा खगेन्द्र सोलो हिरो भने हैनन् ।
    चालू आवमा पनि खगेन्द्रका दुईवटा नै फिल्म आए, ‘के घर के डेरा : घर नं. २’ र ‘महाभोज’ । मल्टिस्टारर दुवै फिल्मले बक्सअफिसमा भने नमीठो नतीजा भोगे । ‘के घर के डेरा : घर नं. २’ ले ५७ लाख ७० हजारको मात्रै व्यापार गर्दा ‘महाभोज’ को पनि ६१ लाख ३० हजार भन्दा बढि हुन सकेन । रंगमन्चहुँदै रजतपटमा आएका खगेन्द्र निकै छानेर फिल्म खेल्ने गरेका मानिन्छ । त्यसैले पनि उनले बग्रेल्ती फिल्म खेलेका छैनन् । तर यसपालीको उनको फिल्म छनौटले हावा खाएको छ । दुई फिल्मबाट खगेन्द्रले ३९ हजार ४ सय दर्शक मात्र कमाउन सके । वा भनौं, गत आर्थिक वर्षको भन्दा चालू वर्ष उनले ९० प्रतिशत दर्शक गुमाए भने उनका फिल्मको कमाई पनि त्यती नै प्रतिशतले घट्न पुग्यो । खगेन्द्रको फिल्मले चालू आवमा सबैभन्दा खराब प्रदर्शन गरेका छन्, जसले उनको लोकप्रियतामा कमी वा उनले छनाैट गरेका फिल्मको गुणस्तरमा प्रश्न उठाउँछ।

    गत वर्ष दयाहाङ अभिनित ९ वटा फिल्म हलमा लागे । जसको कुल कमाई ३६ करोड ८४ लाख थियो भने यी फिल्म हेर्न १३ लाख १ हजार १ सय ५२ दर्शक हल पुगेका थिए । यो तथ्यांकले पनि गत आवमा दयाहाङको करिअर उच्च बिन्दूमा रहेको देखाउँछ । यसपटक ७ फिल्म मात्रै हलमा लाग्दा दयालाई हेर्न १० लाख ८५ हजार ६ सय दर्शक हलमा पुगेका थिए भने उनका फिल्मको सालाखाला व्यापार १६ करोड ६१ लाख रुपैयाँको रह्यो । यसपटक २ फिल्म मात्र कम भएपनि ग्रस कलेक्सनमा भने उनको २० करोडको गिरावट आएपनि दर्शक संख्यालाई भने उनले जोगाई रहेको देखिन्छ ।

    सहायक पात्रमा अभिनित फिल्म ‘अञ्जिला’ नै उनको सर्वाधिक कमाई गर्ने फिल्म बन्यो । यतिबेला ‘मिरमिरे’ फिल्मबाट ६० लाख रुपैयाँ पारिश्रमिक लिएपछि चर्चामा रहेका दयाहाङको यसै वर्ष रिलिज ‘राजागंज’ ले भने ७ फिल्ममध्ये सबैभन्दा कम १६ लाख २१ हजारको मात्र व्यापार गरेको देखिन्छ । त्यसबाहेक ‘भुठान’ ले २२ लाख १० हजार, ‘महाभोज’ ले ६१ लाख ३० हजार, ‘दुःखी आत्मा’ ले ७१ लाख २१ हजारको मात्र व्यापार गरे । यस वर्ष उनको मुख्य भूमिका रहेका मात्र दुई फिल्म ‘दुःखी आत्मा’ र ‘कार्साङ’ थिए भने बाँकीमा उनको भूमिका सहायक वा अतिथि भूमिकामा मात्रै सीमित थियो ।

    विपिन कार्कीका लागि चालू वर्ष निकै उतारचढावपूर्ण रह्यो । यो वर्ष उनले सफलता पनि देखे, त्यो भन्दा ठूलो असफलता पनि व्योहोरे । दोहोरो भूमिकासहित ‘तेलभीसा’ मा देखिएका विपिनलाई उक्त फिल्मले करिअरमा ठूलो लाभ–हानी केही गरेन । तर ‘कर्मा’ फिल्म उनको करिअरका लागि ‘दाँतमा ढुंगा’ साबित भयो । यो फिल्मले ३१ लाख ४१ हजार रुपैयाँ मात्रै ग्रस कलेक्सन गरेको थियो भने विपिनको एक्सन अवतारलाई हेर्न देशभरबाट जम्मा १० हजार दर्शक हल छिरेका थिए । तनावपूर्ण बनिसकेको उनको करिअरलाई वर्षको अन्तिमतिर फिल्म ‘ऊनको स्वीटर’ ले उद्दार गरिदियो । गत शनिबार मात्रै प्रदर्शनको ५१ औं दिन मनाएर अझै हलमा चलिरहेको यस फिल्मले ११ करोडको व्यापार गरिसकेको छ भने ३८ हजार दर्शकले हलमा गएर हेरेका छन् ।

    विपिनका यस चालू वर्षमा आएका ३ फिल्मले १३ करोड ७७ लाखको ग्रस कलेक्सन गरिसकेका छन् भने फुटफल ४ लाख ७० हजार पुगेको छ । तर यो संख्या उनकै गत आर्थिक वर्ष आएका फिल्मको भन्दा चाहीं कम हो । गत वर्ष हलमा आएका उनका ४ फिल्मले २४ करोड १८ लाखको व्यापार गरेका थिए भने विपिनले ८ लाख ८ हजार दर्शकलाई हलसम्म तानेका थिए । यस वर्ष एक फिल्म कम भएपनि उनका फिल्मको व्यापार र दर्शक संख्यामा भने गत वर्षभन्दा लगभग आधाले कमी आएको देखिन्छ ।

    अर्का अभिनेता सौगात मल्लका फिल्मको अवस्था पनि यस वर्ष निकै खस्केको देखिन्छ । गत आवमा र चालू आवमा गरी उनका ४–४ फिल्म हलमा लागे । गतवर्ष उनका फिल्मको कुल कमाई ११ करोड १७ लाख रुपैयाँको थियो भने दर्शक संख्या ३ लाख ६६ हजार भन्दा बढी थियो । तर यसवर्ष उनका फिल्मले मात्र ५ करोड १८ लाखको व्यापार गर्दा १ लाख ८१ हजारका मात्रै टिकट बिक्री भएका छन् । उनी अभिनित ‘बमबहादुर’ ले ५ लाख ८५ हजार रुपैयाँको व्यापार गरेको थियो भने ‘जार’ ले १८ लाख ३४ हजार र ‘जन्ते बाख्रो’ ले ३८ लाख ४३ हजारको मात्रै ग्रस गरेर निर्मातालाई घाटाको व्यापार दिलाए ।

    प्रदीप खड्काको मुख्य भूमिका रहेको ‘पिताम्बर’ मा सहायक भूमिकामा खेलेका सौगातका लागि यो वर्ष खराब रह्यो । तुलनात्मक हिसाबमा, उनका फिल्मको व्यापार र दर्शकमा ५५ प्रतिशतले गिरावट आएको देखिन्छ ।

    गत वर्ष फिल्म ‘पूजार सार्की’ बाट धुमधामको कमब्याक गरेका आर्यन सिग्देलका लागि यो वर्ष फिल्मको संख्या थप्नुबाहेक अन्य कुनै उपलब्धि देखिएन । प्रदीप खड्का र पल शाह पनि खलेको ‘पूजार सार्की’ ले ७ करोड ३८ लाखको व्यापार गर्दा त्यसको जश आर्यनले पनि खान पाएका थिए भने उक्त फिल्म हेर्न २ लाख ५९ हजार दर्शक हल पुगेका थिए ।

    तर चालू आवमा आर्यनका दुई फिल्म र अतिथि भूमिकामा देखिएका दुई फिल्म हलमा लागे । ‘महाभोज’ र ‘के घर के डेरा २’ को असफलताको स्वाद आर्यनले पनि चाखे । तर अतिथि भूमिकामा देखिएका दुई फिल्म ‘छक्कापञ्जा ५’ र ‘पिताम्बर’ को सफलताको श्रेय उनलाई गएन । उनका दुई फिल्मले मात्र १ करोड २० लाख कमाउँदा दर्शक संख्या पनि मात्र ४० हजारमा सीमित हुन पुग्यो ।

    यी पाँच अभिनेताबाहेक प्रदीप खड्काको गतवर्ष ‘पूजार सार्की’ ले दिलाएको सफलता यसवर्ष ‘पिताम्बर’ ले त्यो स्तरमा दिन सकेन भने ‘एक्टर : टेक वन’ बक्सअफिसमा ध्वस्तै भयो । पल शाहको पनि गतवर्ष ‘पूजार सार्की’ मात्रै रिलिज भएको थियो भने यसवर्ष रिलिज भएका ‘मायावी’ र ‘रावायण’ दुवैले शर्मनाक असफलता ब्यहोरे । अनमोल केसीको गत आर्थिक वर्ष ‘फर्किफर्कि’ आएपनि चालू आवमा भने कुनै फिल्म रिलिज भएनन् ।

    Post Views: 564
    • Aaryan Sigdel
    • Bipin Karki
    • Dayahang Rai
    • Khagendra Lamichhane
    • saugat malla
    प्रकाशित मिति: २०८२ असार १५, आईतवार १४:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.