• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

एकदेवसँग नेहाले गाइन् ‘झिम झिम’

  •  कलाशैली संवाददाता
  • २०८२ असार १२, बिहीबार १२:५६ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । नेपाली गायक एकदेव लिम्बु र बलिउड गायिका नेहा कक्कर को सहकार्यमा तयार भएको हिन्दी संस्करणको गीत ‘झिम झिम’ को रोमान्टिक टिजर भिडियो सार्वजनिक भएको छ ।

    ४० सेकेन्डको यस टिजरमा हिन्दी र नेपाली गीतको सुन्दर मिश्रण देख्न सकिन्छ । नेहाले हिन्दीमा गाएकी छिन् भने एकदेवले आफ्नो ग्लोबल हिट नेपाली गीत ‘झिमझिमाउने आँखा’ को नेपाली संस्करणलाई नै निरन्तरता दिएका छन् । यो ‘म्यासअप’ ले दुई भाषा र दुई कलाकारलाई एकसाथ जोड्ने प्रयास गरेको छ ।

    सार्वजनिक भिडियोमा चर्चित भारतीय कलाकारहरू ऋत्विक साहोर र प्रिया प्रकाश वारिअर ले अभिनय गरेका छन् । भव्य महलमा भइरहेको विवाहको सेटिङमा भिडियो छायांकन गरिएको छ, जसले भिडियोलाई आकर्षक बनाएको छ । यस गीतको पूर्ण भिडियो जुन २७ मा सार्वजनिक हुनेछ ।

    ‘झिमझिमाउने आँखा’ एकदेव लिम्बुको विश्वव्यापी रूपमा सफल गीत हो, जुन युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समेत समावेश भएको थियो । यो गीत स्पोटिफाईमा भारतका ५० भाइरल गीतको सूचीमा पनि अटाएको थियो । यस गीतको नेपाली संस्करणको भिडियोमा एमटिभी स्प्लिट्सभिल्लाकी प्रतियोगी तथा कलाकार दिकिला शेर्पाले समेत अभिनय गरेकी थिइन् ।

    हिन्दी भिडियोमा भने भारतीय कलाकारहरूलाई प्रस्तुत गरिएको छ । एकदेव लिम्बु नेपालको युवा पुस्तामाझ निकै रुचाइएका गायक हुन् र अब नेहा कक्करसँगको यो सहकार्यले उनको सांगीतिक यात्रालाई थप उचाइ दिने अपेक्षा गरिएको छ ।

    Post Views: 143
    प्रकाशित मिति: २०८२ असार १२, बिहीबार १२:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा
    ‘जहाजैमा’ को प्रदर्शन मिति तय
    ‘जदौ’ मा नीति
    ताजा अपडेट
    • १. महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा

    • २. ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार

    • ३. ‘कोशेढुंगा’ को छायांकन सम्पन्न

    • ४. विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित

    • ५. ‘झुम झुम झुम्किका’ मा पल र बेनिशा

    चर्चित
    • १. नृत्य मञ्चदेखि सगरमाथासम्म छिरिङ (फोटोफिचर)

    • २. सज्जनको ‘बेहुली’ बनिन् दिव्या

    • ३. चलचित्रलाई संस्कृति मन्त्रालय अन्तर्गत राख्न र सेन्सरकाे सट्टा प्रमाणीकरण गर्न माग

    • ४. ‘भाइटीका’ मा विपिन ‘दाइ’ बन्ने, पारिश्रमिक छोडेर मुनाफाकाे शेयरमा

    • ५. ‘माग्ने राजा’ मा यसकारण माग्नेको लवज र थेगो प्रयोग गरियो

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.