• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

बोकाको पैसा पनि उठाएन ‘हेल्लो काँशीराम’ ले

  •  कलाशैली संवाददाता
  • २०८२ असार ४, बुधबार १७:२३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    शैली गसिप । गत जेठ २ मा एउटा फिल्म रिलिज भएको थियो, ‘हेल्लो काँशीराम’ । पहिलो दिन देशभर ४५ शो पाएको यस फिल्म कतिले हेर्नुभयो ? हेर्नुभयो भने त तपाई भाग्यमानी १०४ जनाभित्रै पर्नुभएछ । किनभने यो फिल्मलाई देशभरका हलबाट मात्र १०४ जनाले टिकट काटेर हेरेका थिए ।

    दिलिप रायमाझीको मुख्य भूमिका रहेको ‘हेल्लो काँशीराम’ को पोष्टरमा पनि उनी सोलो अटाएका थिए । सोलो त के भन्नु ? उनको काँधमा सवार थियो, एउटा जख्खड बोका पनि । पोष्टरमा अटाएका थिए, बोका र दिलिप मात्र ! डेढ करोडको लगानीमा बनाइएको भनिएको उक्त फिल्मले ग्रस कलेक्सन गरेको रकम भने २५ हजार ५३५ रुपैयाँ हो । यसमा पनि १३ प्रतिशत कर र ४ प्रतिशत स्थानीय कर कटाएर बाँकी आउने रकमको ५० प्रतिशत हिस्सा हललाई बुझाउनु पर्छ भने त्यसबाट आउने रकमको १० देखि १५ प्रतिशत वितरकलाई बुझाएपछि मात्र बाँकी रहेको रकम निर्माताको खल्तीमा जान्छ ।

    फिल्मले २५ हजारको टिकट बेचेको भएपनि ‘हेल्लो काँशीराम’ का निर्माता पीबी थापाले भने हलबाट कुल ९ हजार ५३७ (वितरकलाई १० प्रतिशत छुट्याउँदा) कमाएको देखिन्छ । तर यसै रकमबाट फिल्म चलाउँदा देशभरका हलमा डिजिटल फाइल पु¥याउनका लागि लाग्ने सर्भर चार्ज पनि निर्माताले तिर्नुपर्छ ।

    २०७६ साउनमा नै २५ दिनको सेड्यूअलसहित छायांकनमा गएको यस कमेडी जनराको फिल्मको लेखन तथा निर्देशन रीम विश्वकर्माले गरेका हुन् । दिलिपको जोडीको रुपमा नवज्योती रसाइली रहेको फिल्ममा प्रियंका कार्कीले समेत अतिथि भूमिका निर्वाह गरेकी थिइन् । त्यसबाहेक सुरविर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देकी आमा), अर्जुन गुरुङ (भंगेरी डन) लगायत कलाकार पनि थिए । तर फिल्मले कलाकारको पारिश्रमिकको त कुरै छोडौं, पोष्टरमा दिलिपले बोकेको बोकाको पैसा पनि उठाउन सकेन ।

    रमाइलो त के भने, ‘हेल्लो काँशीराम’ रिलिजको ४ दिनअघि मात्रै रीम विश्वकर्माकै लेखन तथा निर्देशनमा अर्को फिल्म ‘राजकुमारी’ पनि बनाउने घोषणा गरेका थिए, निर्माता पीबी थापाले । रीको ड्रिम प्रोजेक्ट भनेर प्रचार गरिएको उक्त फिल्मलाई निर्माता थापाले पाँच करोडको लगानीमा बनाउने पनि उद्घोष गरेका थिए । यतिबेला ‘राजकुमारी’ को निर्माणको चहलपहल त केही सुनिएको छैन, अब बनाईहाले भने पनि जानाजानी पैसा डुबाउने निर्मातालाई त के नै भन्न सकिन्छ र ?

    Post Views: 221
    • hello kashiram
    • Kala Saili Gossip
    प्रकाशित मिति: २०८२ असार ४, बुधबार १७:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘जहाजैमा’ को प्रदर्शन मिति तय
    ‘जदौ’ मा नीति
    दुई दिने ‘चलचित्र कन्फरेन्स’ सुरु
    ताजा अपडेट
    • १. महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा

    • २. ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार

    • ३. ‘कोशेढुंगा’ को छायांकन सम्पन्न

    • ४. विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित

    • ५. ‘झुम झुम झुम्किका’ मा पल र बेनिशा

    चर्चित
    • १. नृत्य मञ्चदेखि सगरमाथासम्म छिरिङ (फोटोफिचर)

    • २. सज्जनको ‘बेहुली’ बनिन् दिव्या

    • ३. चलचित्रलाई संस्कृति मन्त्रालय अन्तर्गत राख्न र सेन्सरकाे सट्टा प्रमाणीकरण गर्न माग

    • ४. ‘भाइटीका’ मा विपिन ‘दाइ’ बन्ने, पारिश्रमिक छोडेर मुनाफाकाे शेयरमा

    • ५. ‘माग्ने राजा’ मा यसकारण माग्नेको लवज र थेगो प्रयोग गरियो

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.