• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

बोकाको पैसा पनि उठाएन ‘हेल्लो काँशीराम’ ले

  •  कलाशैली संवाददाता
  • २०८२ असार ४, बुधबार १७:२३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    शैली गसिप । गत जेठ २ मा एउटा फिल्म रिलिज भएको थियो, ‘हेल्लो काँशीराम’ । पहिलो दिन देशभर ४५ शो पाएको यस फिल्म कतिले हेर्नुभयो ? हेर्नुभयो भने त तपाई भाग्यमानी १०४ जनाभित्रै पर्नुभएछ । किनभने यो फिल्मलाई देशभरका हलबाट मात्र १०४ जनाले टिकट काटेर हेरेका थिए ।

    दिलिप रायमाझीको मुख्य भूमिका रहेको ‘हेल्लो काँशीराम’ को पोष्टरमा पनि उनी सोलो अटाएका थिए । सोलो त के भन्नु ? उनको काँधमा सवार थियो, एउटा जख्खड बोका पनि । पोष्टरमा अटाएका थिए, बोका र दिलिप मात्र ! डेढ करोडको लगानीमा बनाइएको भनिएको उक्त फिल्मले ग्रस कलेक्सन गरेको रकम भने २५ हजार ५३५ रुपैयाँ हो । यसमा पनि १३ प्रतिशत कर र ४ प्रतिशत स्थानीय कर कटाएर बाँकी आउने रकमको ५० प्रतिशत हिस्सा हललाई बुझाउनु पर्छ भने त्यसबाट आउने रकमको १० देखि १५ प्रतिशत वितरकलाई बुझाएपछि मात्र बाँकी रहेको रकम निर्माताको खल्तीमा जान्छ ।

    फिल्मले २५ हजारको टिकट बेचेको भएपनि ‘हेल्लो काँशीराम’ का निर्माता पीबी थापाले भने हलबाट कुल ९ हजार ५३७ (वितरकलाई १० प्रतिशत छुट्याउँदा) कमाएको देखिन्छ । तर यसै रकमबाट फिल्म चलाउँदा देशभरका हलमा डिजिटल फाइल पु¥याउनका लागि लाग्ने सर्भर चार्ज पनि निर्माताले तिर्नुपर्छ ।

    २०७६ साउनमा नै २५ दिनको सेड्यूअलसहित छायांकनमा गएको यस कमेडी जनराको फिल्मको लेखन तथा निर्देशन रीम विश्वकर्माले गरेका हुन् । दिलिपको जोडीको रुपमा नवज्योती रसाइली रहेको फिल्ममा प्रियंका कार्कीले समेत अतिथि भूमिका निर्वाह गरेकी थिइन् । त्यसबाहेक सुरविर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देकी आमा), अर्जुन गुरुङ (भंगेरी डन) लगायत कलाकार पनि थिए । तर फिल्मले कलाकारको पारिश्रमिकको त कुरै छोडौं, पोष्टरमा दिलिपले बोकेको बोकाको पैसा पनि उठाउन सकेन ।

    रमाइलो त के भने, ‘हेल्लो काँशीराम’ रिलिजको ४ दिनअघि मात्रै रीम विश्वकर्माकै लेखन तथा निर्देशनमा अर्को फिल्म ‘राजकुमारी’ पनि बनाउने घोषणा गरेका थिए, निर्माता पीबी थापाले । रीको ड्रिम प्रोजेक्ट भनेर प्रचार गरिएको उक्त फिल्मलाई निर्माता थापाले पाँच करोडको लगानीमा बनाउने पनि उद्घोष गरेका थिए । यतिबेला ‘राजकुमारी’ को निर्माणको चहलपहल त केही सुनिएको छैन, अब बनाईहाले भने पनि जानाजानी पैसा डुबाउने निर्मातालाई त के नै भन्न सकिन्छ र ?

    Post Views: 439
    • hello kashiram
    • Kala Saili Gossip
    प्रकाशित मिति: २०८२ असार ४, बुधबार १७:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.