• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘सिटामोल’ को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक

  •  कलाशैली संवाददाता
  • २०८२ असार ३, मंगलवार १५:१५ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । आगामी साउन २३ गते बाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’ को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचको फ्लेवरमा तयार पारिएको यस गीतमा देउडा र लोक सङ्गीतको मिश्रण रहेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल फिचर्ड छन् ।

    गीतमा बाबुल गिरी को सङ्गीत र स्वर रहेको छ भने यसको शब्द रचना गोविन्द भट्ट ले गरेका हुन्। गायनमा चर्चित गायिका शान्तिश्री परियार ले सङ्गीतकार गिरीलाई साथ दिएकी छिन् । प्रवीण सिंहले खिचेको यस गीतमा कविराज गहतराज को कोरियोग्राफी हेर्न सकिन्छ । निर्माण टिमलाई सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेकाले दर्शकको मन जित्ने विश्वास छ ।

    राजबहादुर साने को निर्देशनमा निर्माण भएको यस फिल्मको गीत रिलिज कार्यक्रममा प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही प्रमुख अतिथिको रूपमा सहभागी थिए। उनले फिल्मको गीतजस्तै फिल्म पनि उत्कृष्ट बनेको होस् भन्दै सफलताको शुभकामना दिए।

    कार्यक्रममा निर्देशक सानेले ‘सिटामोल’ ले आफ्नो करिअर बदल्ने दाबी गरेका छन्। उनले भने, ‘यो हामीले एकदमै दुःखले बनाएको फिल्म हो। म दाबी गरेर भन्न सक्छु कि ‘सिटामोल’ ले मेरो करिअर बदल्नेछ। मैले बनाएको अहिलेसम्मकै राम्रो फिल्म समेत सिटामोल हो।’ यो फिल्मले नेपाली समाजको यथार्थ कथालाई प्रस्तुत गरेको निर्देशक सानेको दाबी छ ।

    फिल्ममा सौगात मल्ल र बेनिशा हमालसँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसी को अभिनय छ । श्रीकृष्ण र जानुकाले यसै फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन्।

    तुल्सी देवी फिल्म प्रा.लि. ले जुनतारा फिल्म्स को सहकार्यमा निर्माण भएको यस फिल्मको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवार को प्रस्तुति रहेको यस फिल्ममा भूगोल कुमार कार्की र विकास राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।

    फिल्मलाई दिव्य सुवेदी ले खिचेका हुन् भने अन्य प्राविधिक पक्षमा बाबुल गिरीको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउन्ड डिजाइनर मुकेश शाह, द्वन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेका छन्।

    Post Views: 115
    प्रकाशित मिति: २०८२ असार ३, मंगलवार १५:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार
    ‘कोशेढुंगा’ को छायांकन सम्पन्न
    विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित
    ताजा अपडेट
    • १. महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा

    • २. ‘त्यो मिठो जोवन’ भन्दै नाचे वर्षा र केदार

    • ३. ‘कोशेढुंगा’ को छायांकन सम्पन्न

    • ४. विल्सनको निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने, धीरज अनुबन्धित

    • ५. ‘झुम झुम झुम्किका’ मा पल र बेनिशा

    चर्चित
    • १. नृत्य मञ्चदेखि सगरमाथासम्म छिरिङ (फोटोफिचर)

    • २. सज्जनको ‘बेहुली’ बनिन् दिव्या

    • ३. चलचित्रलाई संस्कृति मन्त्रालय अन्तर्गत राख्न र सेन्सरकाे सट्टा प्रमाणीकरण गर्न माग

    • ४. ‘भाइटीका’ मा विपिन ‘दाइ’ बन्ने, पारिश्रमिक छोडेर मुनाफाकाे शेयरमा

    • ५. ‘माग्ने राजा’ मा यसकारण माग्नेको लवज र थेगो प्रयोग गरियो

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.