• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

काँठे र दंगालीको झगडामा स्याङ्जाली र नुवाकोटेकाे हानाहान

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ ३२, शनिबार ०९:५३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    शैली गसिप । त्यसो त साँढेको जुधाई, बाच्छाको मिचाई भनिन्छ । तर यहाँ त उल्टो पर्ला जस्तो छ । बाच्छाको जुधाईले साँढे पो पाखा लाग्नु पर्ने स्थिती ?

    भयो के भने, शनिबार सबेरै दंगाली निर्माता रोहित अधिकारीले फेसबुकमा एउटा स्टाटस ठोके । उनको रोष भनौं वा कटाक्ष को लक्ष्यित थियो ? सजिलै बुझ्न सकिन्छ । ‘सधैं कलाकारको भीड जम्मा गर्दैमा सफल भईदैन महासय…अरुलाई गरेको पापको नतिजा बिस्तारै देखिदैछ, अझै देखिन्छ । मन पनि कालो, नियतै खराब…।’

    पछिल्लो समय रोहितको टकराव थानकोटे निर्देशक दिनेश राउतसँग परिरहेको त सबैलाई जगजाहेर नै छ । पछिल्लो पटक फिल्म ‘२६ करोड’ का लागि दिनेशको निर्देशनमा रोहितले निर्माण सहकार्य गर्ने तय भईसकेको थियो । मिडियाबाजी पनि भईसकेको बेला अचानक गतवर्षको जेठ १५ मा दुवैका फिल्म जुध्ने भए, रोहितको ‘फर्कीफर्की’ र दिनेशको ‘पूजार सार्की’ । पछि ‘२६ करोड’ का लागि दिनेश र रोहितले न निर्माण सहकार्य गरे, न त सम्बन्ध नै सुमधुर रह्याे ।

    फिल्मबाट शुरु भएको जुधाई अन्ततः दंगाली र काँठे फिल्मकर्मीसम्मै तानियो । फिल्मको जुधाईमा त व्यापारिक हिसाबले ‘पूजार सार्की’ ले बाजी मार्यो, तर व्यक्तिगत ईगोमा भने रोहित पनि कम देखिएनन् । वर्षदिन बित्दा पनि उनले फेसबुकमा दिनेशलाई घोचपेच हान्न छोडेनन् ।

    रोहितले सन्दर्भ के बनाए भने, ‘महाभोज’ प्रदर्शनको । ‘पूजार सार्की’ सँगको रोष उनले ‘महाभोज’ मा आएर पोखेको प्रष्टै देखियो । प्रदर्शनको दोस्रो दिनमा रहेको ‘महाभोज’ मा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, दयाहाङ राई, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङलगायत प्रतिष्ठित कलाकारको भीडभाड नै छ । तर फिल्मले सुरुवाती व्यापार केही फितलो गरेपछि रोहितले आफुलाई ‘महाभोज’ प्रदर्शनको एकदिन भन्दा बढि रोक्न सकेनन् र शनिबार बिहानै फेसबुकमा पोखिए ।

    खैर, निर्देशक राउत सामाजिक सञ्जालमा खासै सक्रिय छैनन् । यस्तोमा उनको जवाफ तत्काल आईहाल्ला भन्न पनि सकिन्नँ । तर रोहितको स्टाटसमा नुवाकोटे निर्माता अर्जुनकुमारको घुसपैठले माहौल थप गर्माएको छ । अर्जुनले रोहितको उक्त स्टाटसको कमेन्टमा तारो बनाए, स्याङ्जाली हिरो खगेन्द्र लामिछानेलाई । ‘त्यो ∗∗∗ नक्कली आमिर खानलाई पैसा हाल्नु बेकार हो भाई, तिमी बच्यौ । पैसा फिर्ता दियो की दिएन ?’ अर्जुनको सवालको रोहितले यो गसिप तयार पार्दासम्म जवाफ दिईसकेका त छैनन्, तर त्यो नक्कली आमिर खान को हो भनेर चिन्न पो सकिएन भन्दै जिज्ञासा राख्ने ‘जन्ते बाख्रो’ का अभिनेता आसिफ साहलाई भने ‘पत्ता लगाऊ’ भन्दै अर्जुन नै भिडिरहेका छन् ।

    उता, खगेन्द्रले पनि लगत्तै थोरै डिप्लोमेसीको भाषामा ‘ट्याक्सी ड्राइभर किस्सा’ हालेका छन्, आफ्नो फेसबुक पेजमार्फत् । जसमा उनले पठित र अनपढबीचको भेदका बारेमा मात्रै कुरा गरेका छैनन्, उक्त नुवाकोटे (खगेन्द्रले नै भनेका छन्) ड्राइभर नपढेकोले हाल पछुताएको संकेतमा लामो स्टाटस ठोकेका छन् । कमै र सेलेक्टिभ स्टाटस मात्रै लेख्न रुचाउने खगेन्द्रको ‘महाभोज’ को प्रदर्शनलाई लिएर स्टाटस आउनुको सट्टा लघुकथा नै आउनुको अर्थ सायद यत्तिकै नहोला । कि के हो अर्जुनकुमार जी ?

    Post Views: 724
    • arjunkumar
    • Dinesh Raut
    • Kala Saili Gossip
    • Khagendra Lamichhane
    • Rohit Adhikari
    प्रकाशित मिति: २०८२ जेष्ठ ३२, शनिबार ०९:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.