• समाचार
  • चलचित्र
    • कलिउड
    • शैली समिक्षा
    • विश्व सिनेमा
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • शैली समिक्षा
      • विश्व सिनेमा
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

‘वसन्त नै बस्न खोज्छ यहाँ’ गीत पुनः ‘माइतीघर’मा

  •  कलाशैली संवाददाता
  • २०८२ जेष्ठ २०, सोमबार ०४:२६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । ६ दशकअघि २०२३ पुष १ मा रिलिज भएको बीएस थापा निर्देशित फिल्म ‘माइतीघर’ को शीर्ष गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर, यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’ आज पर्यन्त कालजयी छ । किरण खरेलको शब्दमा जयदेवले संगीत भरेको उक्त गीतलाई भारतीय गायिका आशा भोषलेले गाएकी थिइन् । सोही गीतलाई यतिबेला निर्माता रोहित अधिकारीले आफ्नो फिल्ममा पुनः प्रयोग गरेका छन् ।

    ‘माइतीघर’ नै नाम राखेर यतिबेला फिल्मको छायांकनमा व्यस्त रहेका निर्माता अधिकारीले उक्त गीतलाई पुनः प्रयोग गर्न लागेको बताएका हुन् । यसपटक भने गीतलाई सञ्जिवनीले गाएकी छन् भने फिल्मका शीर्ष नायिका उपासना सिंह ठकुरी र श्यामश्री शेर्पाले यस गीतमा नाचेका छन् । हालै मात्र यस गीतको छायांकन बाग्लुङको कालिका मन्दिरमा गरिएको निर्माता अधिकारीले जानकारी दिए ।

    गीतको भिडियोमा नायिकाद्वयलाई ५० बढी कोरसले साथ दिएका छन् । गीतको नृत्य निर्देशन कमल राइले गरेका हुन् । मिलन तामाङदे निर्देशन गरिरहेको ‘माइतीघर’लाई दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा गरिएको छ । फिल्मलाई उत्कृष्ट बनाउन कुनै पनि कसर बाँकी नराखिएको निर्माणपक्षको दाबी छ ।

    सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् । फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ । यस फिल्मको छायांकन म्याग्दीको ताकम गाउँ र धारापानी गाउँमा गरिएको छ ।

    Post Views: 288
    • Maitighar
    प्रकाशित मिति: २०८२ जेष्ठ २०, सोमबार ०४:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग
    खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो
    ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन
    ताजा अपडेट
    • १. ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा बुटवलमा

    • २. हरिवंश भित्रिएसँगै ‘पाँच पाण्डव’ मुहुर्त

    • ३. फिल्मकाे बक्सअफिस रिपोर्ट कम देखाइएकाे भन्दै बोर्डको आलोचना, डिसीको राजीनामा माग

    • ४. खै हरिहरको भविष्यवाणी ? खोलाले बगायो

    • ५. ‘हरिबहादुरको जुत्ता’ : दाेश्राे दिनमै ४० प्रतिशत दर्शक वृद्धि, १० लाखले बढ्याे कलेक्सन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.